माघ २९, सल्यान । सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको कपुरकोटको सबुज गणको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा यादव प्रसाद घरेल रहेका छने भने । घाइते मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हबल्दार जय प्रकाश बोहरा लगाएत ६ जना रहेका छन् ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । गाडी सडकदेखि ५ सय मिटर खसेको छ । गाडीमा ७ जना थिए ।