सल्यान श्रीनगरकाे महाेत्सवमा फागुन १ गते चर्चित गायक कुलेन्द्र विक आउने


माघ २९, सल्यान । आज बुधबारदेखि सुरू भएकाे प्रादेशिक कृषि, पर्यटन, उद्याेग, व्यापार तथा सांस्कृतिक महाेत्सवमा भाेली फागुन १ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे प्रस्तुती रहने भएकाे छ । सल्यान उद्याेग वाणिज्य संघले श्रीनगरमा आयाेजना गरेकाे महाेत्सवमा फागुन १ गते बिहीबार चर्चित गायक कुलेन्द्र विककाे प्रस्तुती रहने भएकाे छ ।

त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरू सरिता बुढाथाेकी, भुपेन्द्र राणा, अम्मर बुढाथाेकी, विष्णु सुना, राजकुमार वलि लगाएतकाे प्रस्तुती रहने सल्यान उद्याेग वाणिज्य संघका महासचिव भरत बस्नेतले बताए । कार्यक्रमकाे संचालन चर्चित उद्घाेषक उमादेवी खनालले गर्नेछिन् ।

फागुन ११ गतेसम्म संचालन हुने महाेत्सवकाे उद्घाट बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गरेका हुन् । महाेत्सव भित्र प्रवेश गर्न आयाेजकले एक सय रूपैयाकाे टिकट शुल्क ताेकेकाे छ  ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार