फाल्गुन १, काठमाडौं । संसारका २५ प्रतिशत मानिसहरुले ह्वाट्स एपको प्रयोग गर्ने गरेका छन् ।
संसारभरिका २ अर्ब मानिसहरुले ह्वाट्स एपको प्रयोग गर्ने गरेको फेसबुकको स्वामित्वमा रहेको कम्पनीले बुधवार बताएको हो । कम्पनीले ह्वाट्स एप सबै किसिमले सुरक्षित रहेको पनि दाबी गरेको छ । कम्पनीले ह्वाट्स एपको प्रयोगबाट कुनै पनि आन्तरिक कुराहरु कसैले चोरी गर्न नसक्ने दाबी गरेको हो ।
ह्वाट्स एपको प्रयोग सबैभन्दा धेरै गर्ने देशहरुको सूचीमा भने भारत रहेको छ । भारतमा ४० करोड मानिसहरुले ह्वाट्स एपको प्रयोग गर्ने गरेका छन् ।बुकका संस्थापक मार्क जुकरवर्गले सन् २०१८ को फ्रेबुअरीमा ह्वाट्स एपको प्रयोग गर्नेहरुको संख्या १ अर्ब ५ करोड रहेको बताएका थिए ।
तर तीन वर्षको अन्तरालमा ह्वाट्स एपको प्रयोग कर्ताहरुको संख्या ९५ करोडले बढेर २ अर्ब पुगेको छ ।एजेन्सी