ललिता निवास प्रकरण : सर्वोच्चले माग्यो अख्तियारसँग लिखित जवाफ


फल्गुन ०२,  काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ।

सर्वोच्चले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियारसँग माग गरेको हो ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २ गते शुक्रवार