लमही महोत्सवमा ज्योती मगरले गाउदा कुटाकुट भयो


ओमप्रकाश गुप्ता / फागुन २, दाङ । लमही महोत्सवमा चर्चित गायिका ज्योती मगरले अाफ्नो प्रस्तुती राखिरहेका बेला महोत्सवमै लफडा मच्चिएको थियो । शुक्रबार गाउँ गाउँबाट बच्चा देखि बुढा सम्म हजारौंको संख्यामा रहेका दर्शकका माझमा एकाएक कुटाकुट हुँदा लफडा मच्चिएको हो।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गर्नु परेको थियो । केही युवाहरूलाई प्रहरीले अाफ्नो नियन्त्रणमा समेत लिएको छ । लफडा मच्चिरहेका बेला पनि गायिका ज्योती मगरले भने गित गाउन छोडिनन् ।

शुक्रबार महोत्सवमा अहिले सम्मकै सवै भन्दा बढी दर्शकहरू सहभागीता रहेको मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् । महोत्सवमा गायिका मगरले चोली भित्र जवानी, उहि मुलाको सिन्की उहि मुलाको चना, चोरी खान पल्केको यो ढाडे विरालो लगायतका थुप्रै गित गाउदा युवा भन्दा बुढापाखाहरू रमाइरहेका देखिन्थे भने युवा र बच्चाहरूले हुटिङ र नृत्य गरेको देखिन्थ्यो ।

निकै छोटो पहिरनमा अाएकी मगरलाई बुढापाखाले बाहिरी रूपमा मन नपराए पनि मेला महोत्सवमा भने निकै चासोको रूपमा हरेको देखिन्छ । पछिल्लो समय उनी निकै चर्चामा रहेकी छिन् । मगर सँगै थारू गायक रोशन रत्गैया,मोडेल सुनिता दहित, दिक्षा सुनार, बाल कलाकार एन्जल सोमई मगर,सगरमाथा डान्स ग्रुप लगायतका कलाकारले पनि मञ्च तताएका थिए भने स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए ।

नेपाल भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सव सुरू भएको हो ।

यसैबीच महोत्सवमा फागुन ३ गते शनिबार गायिका मञ्जु पाैडेल, गायक कृष्ण रेउले, गायिका बसन्ती चाैधरी,गायक तथा पत्रकार देवेन्द्र बस्नेत, गायक दोषहरण चाैधरी लगायतका कलाकार अाउने मेला व्यवस्थापक बुढाथोकीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २ गते शुक्रवार