फागुन ३, सल्यान । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका एकजना शुभचिन्तकलाई सल्यानमा पक्राउ गरिएको छ । बगचौर नगरपालिका ११ निवासी विवेक ओलीलाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपा सल्यानले विज्ञप्ति मार्फत विरोध जनाएको छ ।
सो पार्टीका सल्यान जिल्ला सेक्रेटरी तुफानले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घरमा डाक्टर बोलाइ उपचार गराइहेका पार्टीका शुभचिन्तक ओलीलाई बिनाकारण गिरफ्तार गरिएको जनाएका छन् । पक्राउ परेका ओलीलाई यथाशीघ्र रिहाइ गर्न नेकपाले जनाएको छ ।
यसैबीच नेकपा सल्यानको सेक्रेटरी परिवर्तन भएको बुझिएको छ । यसअघि सेक्रेटरी लोक्पाल केसी थिए भने यो पटक सार्वजनिक गरिएको विज्ञप्तिमा तुफान लेखिएको छ । जिल्ला इन्चार्ज विश्वलाई प्रहरीले पक्राउ गरेपछि लोक्पाल इन्चार्ज भएको र तुफानलाई सेक्रेटरी बनाइएको नेकपा स्रोतले जनाएको छ ।