फागुन ३, सल्यान । विद्यालय व्यवस्थापन समिति गठन गर्दा सल्यानमा राजनितीक दलहरुको राजनीतिक व्यापक रुपमा चल्दै आएको छ । स्वतन्त्र शिक्षाको ज्ञान भण्डारको रुपमा लिइने विद्यालयलाई पछिल्लो समय सल्यानमा विभिन्न राजनितीक दलहरुले राजनीतिको अखडा बनाउदै आएका हुन् ।
यसैक्रममा बनगाड कुपिण्डे नगरपालिकाको वडा न ५ शंखपिपल च्युराको त्रिभुवन जनता माद्यामिक सामुदायीक विद्यालयमा भएको निर्वाचनमा दुई राजनीतिक दलबीच कुटाकुट भएको छ । कुटाकुट हँदा च्युरा निवासी वर्ष २२ का अजय विष्ट र सोहि स्थानका वर्ष १९ का रोषण विष्ट घाइते भएका छन् । दुवै सत्ताधारी नेकपाका कार्यकर्ता हुन् ।
विद्यालय व्यवस्थापन समिति चयन प्रक्रियाको मतगणना चलिरहेको अबस्थामा अपरिच व्यक्तिको बोतल प्रहारवाट उनीहरु घाईते भएका हुन् । उनीहरुको मुलखोला स्वास्थ्य चौकीमा समान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।
शुक्रबार बेलुका साँढे ७ वजेको समयमा शंखपिपल वजारमा दुवै जनालाई पछाडीबाट बेयरको बोतल प्रहार भएको थियो । टाउकोमा गम्भीर चोट लागेका दुवै विष्टलाइ उपचारको लागी नेपालगञ्ज लगिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसैबीच घटनाको विषयलाई लिएर दुई प्रमुख पार्टी आरोप प्रतयारोपमा उत्रिएका छन् । त्यहाँ व्यवस्थापन समितिको चुनाव भएको थियो । र त्यहाँ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) निकटका उम्मेदवारहरुले जीत हाँसिल गरेको थिए ।
उक्त निर्वाचनको क्रममा नेकपाका कार्यकर्ताहरुले मदिरा सेवन गरि उत्श्रृंगल गतीविधि गरि आफ्ना कार्यकर्ताहरुलाई आतंकीत बनाउने क्रियाकलाप गरेको आरोप लगाउदै शनिबार नेपालि काग्रेसले विज्ञप्ती निकालेको छ । लगत्तै नेकपाले पनि विज्ञप्ती निकाल्दै काग्रेस समर्थनका उत्श्रृंगल समूहले आफ्ना युवा कार्यकर्ताहरुलाई आक्रमण गरि घाइते बनाएको भन्दै दोषिलाई कडा कारवाहिको माग गरेको छ ।
काग्रेस बनगाड कुपिण्डे नगर कार्यसमितीले जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपाका कार्यकर्ताहरु निर्वाचन क्षेत्रमा मदिरा सेवन गरि एक आपसमा हानमार समेतका क्रीयाकलाप गरि उत्श्रृंखल खालका घटना घटाएको र उक्त पार्टीका बुद्धिजीवी भनाउदाहरुले नेपाली काग्रेसलाई दोष आरोप लगाउदै नेपाली काग्रेस समर्थनका साधन स्रोतलाई समेत प्रशासनबाट कब्जा गर्न लगाउदै पार्टी सुभेच्छुक व्यक्तिलाई समेत आतंकित बनाउन खोजिएको हुनाले उक्त क्रियाकलापको घोर भत्सर्ना गर्दछौँ ।’
नेकपा बनगाड कुपिण्डे नगर कमिटीले जारि गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टीका समर्थक युवा कार्यक्रताहरु अजय विष्ट र रोशन विष्टमाथि अध्यारोमा लुकिछिपी साङ्घातिक रुपमा आक्रमण गरि गम्भीर घाइते बनाएको घटना प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा घाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ भने घटनाका दोषीहरु उपर कडा भन्दा कडा कारबाहीको माग गर्दै आगामी दिनहरुमा यस्ता गतिविधि गर्ने र गर्न लगाउने कुनै पनि व्यक्ति, समूह तथा पार्टीलाई छुटदिन नसकिने चेतावनी दिइएको छ ।