महरा कारागारबाट माला लगाएर रिहा भए


 फाल्गुन ५ , काठमाडौं । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन् ।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर खादाले  बिदाइ गरेका हुन् ।

जेलभित्र ठकुरी र कोइरालाले महरालाई बबधाइ दिँदै खादा लगाएर बिदाइ गरेको कारागार प्रशासन स्रोतले जनाएको छ । महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए । उनलाई अन्य कैदीबन्दीले पनि बिदाइ गरिरहेका छन् ।  जेलभित्र हुँदा महरा, ठकुरी र कोइरालाबीच निकट सम्बन्ध रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार