फागुन ५, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा कारागारबाट रिहा भएपछि उनीमाथि बला’त्का’रको आरोप लगाएकी संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन्। काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएपछि विभिन्न मिडियाहरू सँगकाे कुराकानीमा उनले महरा पहिलेदेखि नै निर्दोष रहेको बताइन् ।
उनले भनिन् । ‘मैले असोज १५ गते नै भनिसकेकी थिएँ, महरा सर निर्दोष हुनुहुन्छ । अहिले उहाँ छुट्नु भएको छ। उहाँले ममाथि त्यस्तो कुनै गैरकानुनी काम गर्नुभएको थिएन।’ महरा छुटेसँगै आफूलाई पत्रकारहरुले फोन गरेर सोधिरहेको उनले बताइन्।
‘मलाई यसबारेमा सोधिरहेका छन्, तर मैले पहिले नै यसबारे बोलिसकेकी छु’, उनले भनिन्, ‘अब यसबारे मैले धेरै बोल्नु आवश्यक छैन। उहाँ छुट्नु भयो, खुसी लागेको छ।’ अदालतकाे फैसला स्वागतयाेग्य भएकाे भन्दै उनले महरालाइ राजनीतिक षडयन्त्रले फसाएकाे बताइन् ।
उनले महरा आफ्नाे अभिभावक भएकाे भन्दै उनले पहिलेजस्तै सम्बन्ध रहने बताइन् । उनले भनिन्, ‘एउटा सौहार्दपूर्वकको त्यो सधैंभरि कायमै रहन्छ ।’
गत असोज १२ गते तीनकुनेस्थित आफ्नै निवासमा महराले बलात्कार प्रयास गरेको आरोप उनले लगाएकी थिइन् । त्यसपछि महरा असोज १९ गते पक्राउ परेका थिए। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। महरा १३४ दिन डिल्ली बजार कारागारमा बसेर रिहा भएका छन्। महराले रोशनीले लगाएको आरोपबाट सभामुख पद समेत गुमाउनु परेको छ भने सामाजिक रुपमा इज्जत माथि प्रश्न उठ्ने काम भएको छ ।
रोशनीकै बयानका आधारमा महराले पाए सफाइ
रोशनी शाहीको बयानलाई नै आधार मानेर सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई पूर्ण सफाइ दिएको हो। ‘आज भएको फैसलामा प्रतिवादी कृष्णबहादुर महराले सफाई पाउनु भएको छ,’ अदालतका श्रेस्तेदार आनन्दराज श्रेष्ठले भने, ‘प्रतिवादीको तत्काल अनुसन्धानको क्रममा भएको बयान र यस अदालतमा भएको बयानलाई पुष्टि गर्दै सफाइ भयो।’
रोशनी शाहीले जाहेरी दिँदा र अदालतमा उपस्थित हुँदा बयान फेरेपछि महाराले सफाइ पाउने बाटो खुलेको हो। ‘घटनाको दिन आफ्नो डेरा कोठामा आउँदै नआएको र प्रतिवादीले कुटपिट नगरेको, पीडितले अभियोग दाबीबमोजिम कसुर नगरेको भनी स्पष्ट खुलाइदिएकोले कृष्णबहादुर महराले पूर्ण सफाइ पाउनुभयो’ श्रेष्ठले भने।
रोशनीले जाहेरी दिँदा महरा आफ्नो डेरामा आएको र कुटपिटसमेत गरेको उल्लेख गरेकी थिइन्। त्यस्तै, रोशनीको डेरामा भेटिएको महराको चस्मा तथा गिलासमा रहेको औँठा छाप विश्लेषण गर्न नपाइएको पनि अदालतले बताएको छ। ‘परीक्षणका लागि पठाइएको गिलास चस्मामा रहेको औँठाको छाप प्रतिवादीको औँठाको छापसँग तुलनात्मक रुपमा विश्लेषण गर्न पाइएन’ उनले भने।
राेशनी शाहीले बयान फेरेका कारण कतिपय वास्तविक बला’त्कार पीडित महिलाको न्यायमा समेत असर गर्ने प्रश्रमा उनि यस्ताे भन्छिन्
त्यो त अब मैले कुन अवस्थामा त्यो बोलेको थिएँ, मेरो मानसिक असन्तुलन उहाँहरुले थाहा पाउनु भएको थियो कि थिएन ? पहिला त थाहा थिएन होला नि उहाँहरुलाई, पछि न थाहा पाउनुभयो ।
मानसिक सन्तुलन गुमाएको मान्छेले भनेको कुरा हो यो भनेर पहिला बुझ्नुपर्यो । त्यो नबुझीकन हावामा दौडिने हो भने त यहाँ कसले के भन्छ के । यस्ता यस्ता मुद्दा मामिला, ,यो महिला बलात्कार शब्द ल्याउँछन् ।
अरु केही एजेण्डा नभएपछि महिला र बलात्कार जस्ता शब्दलाई एजेण्डा बनाएर राजनीति गर्न खोजिदैछ । यो विल्कुल गलत हो क्या । यो कसैले पनि गर्नु हुँदैन । तपाई हामी कसैले पनि गर्नुहुँदैन । अब कुनै पनि एजेण्डा नपाएपछि महिला र बलात्कार क्या । दुईटा शब्द मिसाइदिएपछि त सबैभन्दा ठूलो हतियार । महिलालाई अघि सार्दिने,अनि बलात्कार शब्दलाई सार्दिने ।
त्यही भएर यस्ता कुरामा म जाँदैजान्न । यस्तो कृुराले हो भने महिलाले कहिल्यै न्याय पाउँदैन । पुरुष चाहिँ पीडित नहुने महिलामात्र पीडित हुन्छ ? यहाँ कति पुरुष पनि रोएर हिडेका छन् ।