फागुन ६, सल्यान । सल्यानमा जारी प्रादेशीक महोत्सवको आठौ दिन अर्थात फागुन ७ गते भाेली चर्चित बाल गायिका कमला घिमिरेको प्रस्तुती रहने आयाेजकले जनाएको छ । कमला संगै गायक विक्रम राना, मोडेल रुविना अधिकारी, गायक यज्ञ विक खस भाषाका हास्यकलाकार कुलबहादुर वली गायिका लक्ष्मी राई र जुनु विरही आउने भएका छन ।
सल्यान उद्योग वाणिज्य संघकाे मुख्य आयाेजनामा माघ २९ गतेदेखि सुरु भएकाे महाेत्सवमा दिनदिनै बेजाेड सांस्कृतिक कार्यक्रम भैरहेकाे छ । महाेत्सव फागुन ११ गतेसम्म संचालन हुनछ ।
महोत्सवमा आजमात्रै चर्चित गायक कृष्ण रेउले, गायीका शान्ती श्री परियार, सरु बाेहरा, हिरा अन्जलि मगर लगाएतकाे प्रस्तुती रहेकाे थियाे । दैनिक एक हजार बढी दर्शकले महाेत्सव अवलाेकन गर्ने गरेकाे आयाेजकले जनाएकाे छ ।
अहिलेसम्म सबैभन्दा धेरै गएकाे शनिबार १२ हजार दर्शकले अवलाेकन गरेका थिए । आगामी फागुन ९ गते शिवरात्रीकाे दिन र १० गते शनिबारकाे दिन धेरै दर्शक उतार्ने आयाेजककाे लक्ष्य भएकाे बुझिएकाे छ । ति दुइदिनलाइ लक्षित गरेर चर्चित नायिका रेखा थापा र चर्चित गायक प्रमाेद खरेललाइ ल्याउने तयारी आयाेजकले गरेकाे छ ।