निर्मला घटणाबारे बाेले नयाँ आइजिपी ठाकुर ज्ञवाली, अब के हुन्छ ?


फागुन ६, काठमाडाैं । बला’त्कारपछि ह’त्या गरिएकी कन्चनपुरकी निर्मला पन्तकाे बारेमा नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीले आफ्नाे धारण राखेका छन् । नेपाल लाइभ नेपाल लाइभ नामक एक अनलाइन मिडियालाइ अन्तरवार्ता दिदए उनले निर्मला घटनाको अनुसन्धान टुंगिन्छ या लम्बिन्छ भन्ने बारे आफ्नाे धारण राखेका हुन् । प्रस्तुत छ उक्त अन्तरवार्ताकाे सम्क्षीप्त अंशः

तपाईंको कार्यकाल अवधिको मूल्याङ्कन हुने केही घटना त छन्। त्यसमा मुख्य किशोरी निर्मलाको हत्या र बलात्कार घटनाको अनुसन्धान हो नै। केन्द्रीय अनुसन्धान ब्यूरोमा रहँदा तपाईंले पनि हेरेकै केस हो यो। अब आफै संगठनको प्रमुख भएपछि यो टुंग्याउने जिम्मेवारी तपाईंकै हो। तपाईंंको कार्यकालमा यसको अनुसन्धान टुंगिन्छ त?

सक्छ। एउटा आश गरौं।

आधार के छ?

अब कुनै अनुसन्धानलाई टाइमलाइन दिएर अनुसन्धान यति समयभित्र सकिन्छ भनेर भन्यो भने त्यो मुर्खता हुन्छ। अनुसन्धान भनेको निरन्तर प्रक्रिया हो। अनुसन्धानमा केही ट्रिकहरु त हुन्छन्।

अनुसन्धान प्रमाणमा आधारित हुन्छ। कस्तो किसिमका जघन्य अपराध कति वर्ष लागेर अनुसन्धान भएर सफल भए अथवा एउटा निर्णय बिन्दुमा पुगेका छन्। यहाँहरुकै माध्यमहरुबाटै पनि प्रकाशित भएका पनि छन्। तर अब यो टुंगिने धेरै आधारहरु छन्।

त्यही आधार सोधेको हो?

यसभन्दा पहिलेको केही कुरामा परिवर्तन भएको छ। डिएनए टेस्टका कुराहरु थिए। अब डिएनए टेस्ट एक किसिमले रुल आउट भएको अवस्था छ।

दोस्रो कुरा अनुसन्धान गर्ने अधिकृतहरुले सही किसिमले अनुसन्धान गरेनन् भनेर एक किसिमको प्रतिवेदन र त्यो प्रतिवेदनको आधारमा कारबाही भएको अवस्था पनि छ । तर पछि बुझ्दै जाँदा उनीहरुले अनुसन्धान त सही किसिमले गरेकै रहेछन्। सही ट्रयाकमै रहेछ भनेर त्यो प्रतिवेदनलाई वस्तुगत आधारमा सच्याएको अवस्थाहरु पनि छ।

कञ्चनपुरमा हिजो जस्तो अवस्था थियो त्यो अहिले छैन। सञ्चारमाध्यमले हिजो जसरी यो केसको प्रोजेक्सन गरेका थिए अहिले त्यो छैन। अनुसन्धान प्रक्रिया निरन्तर चलेको छ। यही आधारमा पाँच महिनामा यो टुंगिन्छ भन्ने विश्वास छ।

भनेपछि अहिले अनुसन्धान सही ट्र्याकमा छ?

करिब करिब। अब त्यो ट्र्याकमा जाँदैछ।

अपराधको प्रकृतिका आधारमा अनुसन्धानबाट दोषी पत्ता लगाउन यत्रो समय लाग्ने केस हो यो? तपाईंको अनुभवले के भन्छ?

तत्कालीन अवस्थामा सही किसिमले अन्य बाधा ब्यावधानहरु नआएर घटनामा केन्द्रित भएर अनुसन्धान गर्न पाएको भए सायद त्यति बेलै यो क्लियर हुनसक्थ्यो भन्ने मलाई लाग्छ।

त्यो बेला माहोल यस्तो बन्यो कि अनुसन्धानमा केन्द्रित हुनको सट्टा माहोल नियन्त्रण गर्ने तर्फ प्रहरी पनि प्रशासन पनि लाग्नु पर्‍याे। भिडतन्त्रले काम गरेको अवस्था भयो। त्यहाँ धेरै पक्षले अनुसन्धान गरे।

पत्रकारले पनि अनुसन्धान गर्ने, स्थानीय व्यक्तिहरुले अनुसन्धान गर्ने, राजनीतिक पार्टीका व्यक्तिहरुले अनुसन्धान गर्ने। यसरी अनुसन्धान गर्ने अधिकृतलाई साइड लगाउने अवस्था भयो। अनुसन्धान अधिकृतले गरेका अनुसन्धानको सुनुवाइ भएन। भीडले जे भन्छ त्यतैतिर माहोल बहकिएको अवस्था थियो।

क्रमशः परिस्थिति बुझ्दै गएपछि अहिले यो अवस्था आएको न हो। अनुसन्धान भनेको निरन्तर प्रक्रिया हो। अनुसन्धानमा धैर्यता चै जरुरी हुन्छ।

प्रधानमन्त्रीले संसदमा २ वर्षको उपलब्धि राख्न गर्नुभएको सम्बोधनको भाषा, प्रतिवेदन संशोधन गर्ने, डिएनए रुल आउट गर्ने सबै प्रक्रियाले अनुसन्धान तत्कालीन आरोपी दीलिपसिंह विष्टतिर केन्द्रित देखिन्छ हो?

अहिले व्यक्ति तोकेर नजाऔं। अनुसन्धानको  विषयवस्तुहरु सबै एकैचोटी बाहिर ल्याउनु हुन्छ भनेर मलाई लाग्दैन। त्यो गरेको अवस्थामा अन्याय हुन्छ।

अनुसन्धान लजिकल इन्डमा नपुगेसम्म सबै कुराहरु सार्वजनिक गर्नु पनि हुँदैन। यत्ति चाँही भने ती व्यक्तिहरु पनि अनुसन्धानको दायरामा छन्।

दीलिपसिंह अनुसन्धानको घरोमा छन्?

दीलिपसिंह मात्रै किन, अरु केही व्यक्तिहरु पनि अनुसन्धानको दायराभित्र छन्।

तत्कालीन एआइजी धिरु बस्न्यातको प्रतिवेदन सच्चिइसक्यो। त्यही प्रतिवेदनको आधारमा कारबाहीमा परेका प्रहरी अधिकारीमाथिको कारबाही के हुन्छ?

त्यो प्रतिवेदन पुरै खारेज गरेको हैन। पछि बुझ्दा आएका थप कुराहरु समेटिएको हो।  पहिला प्रतिवेदनकै आधारमा कारबाही भएको र अहिले फरक अवस्था देखिएको अवस्थामा कारबाही परिएकाहरुले न्याय पाउनुपर्छ।

संगठन जान्छ त्यो बाटोमा?

जानुपर्छ।

प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते मङ्गलवार