फागुन ७, सल्यान । सल्यान बागचाैर नगरपालिकाका नगरप्रमुख लाेकमान बुढाथाेकी सहित उनका अन्य तीन दाजुभाइले विद्यालयमा २ लाखकाे अक्षकाेष स्थापना गरेका छन् ।
बागचौर नगरपालिका ८ काेटमाैला स्थित कालिका माध्यमिक विद्यालयको ४५ औ वार्षिकाेत्सव कार्यक्रमकाे अवसरमा आफ्ना स्वर्गीय बुवा कुल बहादुर बुढाथोकीको सम्झनामा मेयर लाेकमान बुढाथाेकी सहित जेठा दाजु लछीराम बुढाथोकी, माइलो दाजु हरिहर बुढाथोकी र भाई गगाँराम बुढाथोकीले अक्षकाेष स्थापना गरेका हुन् ।
कार्यक्रममा बाेल्दै मेयर बुढाथोकीले आफुले पढेको विद्यालय र विगत आफ्नो दिनहरु सम्झिदा गरिव तथा उत्कृष्ट विद्यार्थीहरुका लागि केहि सहयोग पुगोस भन्ने उद्देश्यले यो अक्षकोष खोलेको बताए । उक्त काेषबाट आउने ब्यावकाे ९० प्रतिशत रकमले छात्रवृतिको रुपमा १ जना छात्रा र १ जना छात्र गरि जम्मा २ जना विद्यार्थीलाई प्रदान गरिने र बाँकी १० प्रतिशत त्यसै रकम मा थप हुने उनले बताए ।
याे अक्षकाेष कुल बहादुर बुढाथोकि र तुली बुढाथोकी स्मृति नामक बनेको र गरिव तथा जेहनदार विद्यार्थीहरुको लागी यस्तो कोष घोषणा गर्न पाँउदा समग्र परिवार नै खुसी भएको व्यक्त उनले बताए ।