फागुन ८, सल्यान । प्रजातन्त्र दिवसकाे अवसरमा सल्यानमा ३ जना कैदीको कैद मिनाह गरिएको छ । जिल्ला कारागार सल्यानमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदिलाई बुधबार प्रजातन्त्र दिवसको अबसर पारेर मिनाह गरिएको हो ।
कारागार रहदा अनुशासन, असल आचरण तथा व्यवहार राम्रो गरेका ३ जना कैदीहरुलाई कैद सजाय माफि भएको जिल्ला कारागार सल्यानले जनाएको छ । कर्तब्य ज्यानका आरोपी १, सवारी ज्यानका आरोपी १ जना र ज्यानमार्ने उद्योगका १ जना गरी तिनजना कैदीको कैद मिनाहा गरिएको कारागारका जेलर बल बहादुर केसीले बताए ।
कैद मुक्तहुनेहरुमा कर्तब्य ज्यानका बागचौर नगरपालीका वडा नम्बर ४ का गणेश सुनार, शारदा नगरपालीका ६ का हस्त बहादुर बिष्ट र गौमती रोका रहेका छन्। तोकिएको शर्त पुरा गरेका र कम्तीमा ५० प्रतिशत भन्दा माथी कैद भुक्तान गरेका कैदीलाई कारागार मुक्तगरिएको केसीले बताए ।
संबिधानको धारा २ सय ७६ अनुसार बिभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदिहरुको चालचलनका आधारमा बाँकी कैद माफिदिने व्यवस्था गरिएको छ ।
सरकारले हरेक बर्ष बडा दशैँ, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, र सबिंधान दिवस पारी कैदीहरुलाई कैद मुक्त गर्ने गरेको छ ।
यसैबीच सल्यानमा भएको प्रजातन्त्र दिवस कार्यक्रममा बोल्नेहरूले प्रजातन्त्रबाटै गणतन्त्रको सुरुवात भएकाले अब गणतन्त्रका कुरा गर्ने दिन आएको बताएका छन। उनिहरूले प्रजातन्त्रले बनाएको शासन हराउदै गएकाले अब के हुने हो भन्ने पनि अन्यौल भएको बताए । ७० औ प्रजातन्त्र दिवस सल्यानमा भएको कार्यक्रममा बोल्दै पुर्बशिक्षा मन्त्री शाहले प्रजातन्त्रले बनाएको बिधिको शाषण र कानुन भन्दा अहिले कानुन फरक भएको बताए ।
बुधबार बिहान खंलगाको टुडिखेलबाट सुरु भएको प्रभातफेरी सहित ¥याली नगर परिक्रममा गरी जिल्ला समन्वय समिती सल्यानको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो । समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा पुर्बशिक्षा मन्त्री राजेन्द्र बहादुर शाहको प्रमुख आथित्यता तथा शारदा नगरपालीकाका प्रमुख सुरेश अधिकारीको बिशिष्ट आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिरीले प्रजातन्त्र ल्याउनलाई महान सहिदहरुले बलिदान दिएकाले बिधिको शाषणलाई टेकेर काम गर्नुपर्ने बताए । कानुन भन्दा माथि कोही पनि नहुने भएकाले आफुले बिधिको शाषणलाई टेकेर काम गर्ने बताए ।
जिल्ला समन्वय समती सल्यानका उपप्रमुख हरी प्रकाश बुढाथोकीको स्थागत मन्तब्य रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिब राम पोख्रेल, नेपाली कागं्रेस सल्यानका उपसभापति निम बहादुर वलीले बोल्दै अहिले तिनै तहको सरकार आएकाले कानुनलाई पालन गरेर जनताले अनुभुति गर्ने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि सुरक्षाकर्मी पत्रकार लगायतको उपस्थिीति रहेको थियो ।