सल्यान काभ्रा घटना : कविताको केटासँग फोनमा कुराकानी हुन्थ्यो


फागुन ९, सल्यान । गएको फागुन २ गते प्रेम दिवसको राती सल्यान त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा निवासी १७ वर्षिया कविता बोहराको धारिलो हतियार प्रयोग गरी ह’त्या गरियो । घटना भएको आज शुक्रबार एकहप्ता पुगेको छ तर अहिलेसम्म ह’त्याराको सुइको समेत प्रहरीले पाएको छैन् । यध्यवी घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

के गरेकी थिइन् त्यो दिन कविताले

सधै जस्तै फागुन २ गते पनि कविता काभ्राको जनता माविमा घरबाट बिहान पढ्न निस्कीइन् । कविताको घरबाट स्कुल जानको लागि करिब १५ मिनेट जति समय लाग्छ । दिनभरी साथीहरसँगै रहेकी कविता अन्य दिनजस्तो खुसी नभएको उनका साथीहरु बताउछन् ।

स्कुल बिदा भएपछि अप्राहन्न साथिहरसँगै उनि घरनजिकैसम्म आइन् । सबै साथिहरु आ–आफ्नो घरतिर लागे र उनि पनि आफ्नो घरतिरमा लागिन् । घरमा उनका आमाबुबा, दिदि र दिदीको एउटा छोरा छन् ।

दिदीको केहिवर्ष पहिले बिहे भएको थियो र छोरा पनि जन्मीयो तर दिदी भिनाजुको झगडा हुँदा छुटपत्र भएको पनि धेरै महिना भयो । अहिले दिदी आफ्नो छोरा सहित माइतीमा बस्दै आएकी छन् ।

घटना हुँनुभन्दा केहिदिन अघि दिदी बिरामी भएर उपचारको लागि नेपालगञ्ज गएकी थिइन् । त्यसकारण घटना भएको दिन उनि घरमा थिइनन् । अप्राहन्न स्कुलबाट आएकी कविताले घरमा आमाले बनाएको नास्ता खाइन् र घरमै बसिन् ।

केटासँग फोनमा कुराकानी हुन्थ्यो

कविताकी आमाका अनुसार सधैजस्तै कविताले त्यो दिनपनि स्कुलबाट आएपछि कुनै केटासँग फोनमा कुराकानी गरेकी थिइन् । कविताको आमाले भनिन्, ‘नानी त धेरै फोन नगर है ? नचिनेका मान्छेहरुसँग, पढाइतिर ध्यान दे !’ आमाले फोन नगर भनेपनि कविताले फोन गरिरहेकी थिइन् ।

बेलुका सबैले खाना खाएर सुत्ने तर्खर गरे । कविता आफ्नो कोठामा पढ्दै थिइन् । कविताका बुबा, आमा र दिदीको छोरा अर्काे कोठामा सुत्न गए । राती ९ बजेको थियो । जुनबेलासम्म कविताले कोठामा पढिरहेकी थिइन् भने अरु सबै सुतिसके ।

मृ’त अवस्थामा कसरी फेला परिन् कविता

एक्कासी रातको १ बजे कविताको दिदीको छोरो बिरामी भएर बान्ता गर्न थाल्य । कविताको आमाले बाहिर ल्याएर बान्ता गराउन थालिन् । र कवितालाई पनि उठाउन खोजिन् । कवितालाई उठाउनको लागी उनि कोठामा गइन् तर त्यहाँ कविता थिइनन् ।


कविताकाे आमा

छोरी कहाँ गइ भन्दै उनि आँगनतिर आइन् । घरसँगै सटेको पुर्वतर्फको गाईभैसी बाध्ने भकारोमा कविता सुतिरहेकी थिइन् । मोबाइल एकठाउँमा, कविताले ओडेको पछेउरी एक ठाउँमा र शव एक ठाउँमा भएको उनले देखिन् ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले भनिन्, ‘म आँगनमा आउदा छोरी सुतिरहेकी थिइ, मेरो एक्कासी होस् उड्यो । त्यसपछि के–के भयो मलाई थाहा छैन् । बुढालाई उठाएको र गाउँलहरुेलाई खबर गरेको सम्झन्छु । पछि प्रहरी आयो, त्यस्तै गर्दै बिहान उज्यालो भयो ।’

पहिले सामान्य ढंगबाट ज्यान लिने धम्की समेत आएको थियोे

कविताको परिवारका अनुसार कवितालाई यसअघि सामान्य ढंगबाट ज्यान मार्ने धम्की समेत आएको थियो । गाउँघरमा झगडा हुँदा गाउँकै केहि मान्छेबाट ज्यान मार्ने धम्की आएको कविताको दिदीले बताइन् ।


कविताकाे दिदी

त्यस्तै कवितालाई सल्यानका एकजना र रोल्पाका एकजना केटाले फोन गर्ने गर्दथिए । कविताले दुवैलाई फोन गर्ने थाहा पाएपछि रोल्पाका केटाले ध्यान लिने धम्की समेत दिएको उनकी आमाले लेकाली अनलाइनलाई बताइन् । यद्धवी यी विषय सामान्य भएको भन्दै यसैको कारणले हत्या भएको भन्न नकिने परिवारले जनाएको छ ।

भुन्टी कुकुरले पनि पत्ता लगाएन ह’त्यारा 

घटना भएको भोलिपल्टै शनिबार अनुसन्धानका लागि प्रहरीले नेपालगञ्जबाट ‘भुन्टी’ कुकुर ल्याएर घटनास्थलमा खटाएको थियो । तर कुकुरले पनि ह’त्यारा पत्ता लगाउन सकेन् ।

घटना भएको आँगनदेखि कुकुरले सुङ्दै एकसय मिटर पुर्वतर्फको सडकसम्म पुगेपनि त्यो देखि अगाडी बढ्न सकेन् । कुकुरको यस्तो संकेतले हत्यारा उक्त सडकसम्म कुनै सवारीसाधनमा आएको र त्यहाँबाट कविताको घरसम्म पैदल हिडेको प्रहरीको अनुमान छ ।

घरदेखि सडकसम्म पैदल हिडेका ह’त्याराहरु सडकबाट सवारीसाधनमा गएको प्रहरीको बुझाई छ । अस्पतालको रिपोर्टअनुसार कवितालाई कुनैपनि हातपात नगरेर सिधै घाँटीमा हतियार प्रयोग गरेर ह’त्या गरेको देखिन्छ ।

कल रेकर्डबाट अनुसन्धान गरिने

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले हत्यारा पत्ता लगाउने उत्तम उपाय कल रेकर्ड अनुसार हुने बताए । त्यसको लागी टेलिकमबाट कल रेकर्ड हेर्नको लागी अदालतबाट अनुमती ल्याइसकेको उनले बताए ।


कविता

उनले भने, ‘परिवारले शंका गरेका केहि मानिसहरुलाई पनि हामीले निगरानी बढाएका छौं तर ह’त्यारा सजिलै पत्ता कल रेकर्डबाट लगाउन सकिन्छ । अहिले हामी यसैको अनुसन्धानमा छौं । अहिले नै कसैलाई पनि पक्राउ गरेका छैनौं ।’

कानुनको विश्वास छैन्

कविताको आमाले ह’त्यारा पत्ता लगाएर छिटो पक्राउ गर्न प्रहरीलाई आग्रह गरेकी छन् । उनले आफ्नो छोरीको हत्या गर्नेलाई आफुले पनि बदला लिएपछि मात्रै छोरीको आत्मले शान्ती पाउने आक्रोश पोखेकी छन् ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले भनिन्, ‘मेरी छोरीको ह’त्या गर्ने ह’त्यारा पत्ता लाग्यो भने उसलाई फाँसी दिनुपर्छ । उसलाई जेलमा मात्रै किन राख्ने ? मर्ने मान्छे मरेर गैहाल्यो, जेलमा जाने मान्छे त भोली राजनीतिक पावरमा छुटिहाल्छ नी ।’

प्रकाशित मिति : २०७६ फाल्गुन ९ गते शुक्रवार