असहाय बालबालिकासङ्ग गाेरखा


विशाल परियार, दाङ /फाल्गुन ९, गाेरखा स्कुल तुलसीपुरमा कक्षा ४ र ५ का विद्यार्थीद्वारा असहाय बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरिएको छ । शुक्रबार गाेरखा स्कुलमै एक कार्यक्रमका बिच असहाय बालबालिकाहरुलाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरिएकाे हाे ।

कक्षा १ देखि ५ सम्म लागू गरिएकाे सिपिअारएस सिस्टम अन्तरगत रहेकाे बाहिरि कृयाकलापमा गर्नुपर्ने एक विषयलाई छनाैट गर्दै कक्षा चार र पाँचका विद्यार्थीहरुले बिजाैरिका रहेका असहाय वालबालिकालाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरेकाे छ । सामग्री अन्तरगत वालबालिकालाई अावश्यक पर्ने पुस्तक,डिस्नेरि,कापि,पेन्सिल,फुटवल,ब्याडमिन्टन लगाएत फलफुल पनि बितरण गरेकाे छ । कक्षामा बिद्यार्थी अनुपस्थित हुदा सङ्कलन गरेकाे र खाजा खर्चकाे कटाैतिबाट उठेकाे रकमले असहाय बालबालिकालाई सहयाेग गरेका हुन ।

गाेरखा स्कुलकाे नाम लीदा र स्कुलकाे परिसर भित्र प्रवेश गर्दा बालबालिकाहरु निकै नै उत्साहित र हर्सित भएका थिए भने विद्यार्थी र स्कुलकाे पनि प्रसंसा गरेका थिए ।संस्थामा ७ वर्ष देखि १३/१४ बर्ष सम्मका बालबालिकाहरु रहेका छन ।

संस्थाका सञ्चालक विष्णु चाैधरि द्वारा “अाजका बालबालिका नै भाेलिका उज्याला किरण हुन” भन्ने मुल नाराका साथ २०७२ सालमा स्थापना गरिएकाे ´श्री असहाय बाल विकाश नेपाल´ दाङ्गमा हाल १७ जना असहाय बालबालिका रहेका छन ।

ती सबै बालबालिकाहरुलाई खान,लगाउन देखि दैनिकी रुपमा प्रयाेग गरिने सामानहरु अाफैले जुटाउने गरेकाे चाैधरिले बताउनु भएकाे थियाे । यी सबै बालबालिकाहरुले तुलसीपुर ७ वम्नै मा रहेकाे ज्ञानज्वति मा.वि मा पढ्दै अाएकाे जानकारि दिनु भएकाे थियाे ।

चाैधरिले अाफुले जीवनमा भाेगेका र अनुभुति गरेका दुखहरुलाई विद्यार्थीहरुबिच विश्लेषण गर्नु भएकाे थियाे । अाफ्नाे जीवनमा दुख प्राप्ति गरे पनि अरुकाे जीवनमा सधै खुसि र भलाे चाहने बताउनु भएकाे थियाे । अाउदा दिनहरुमा गाेरखाले दिएकाे माया जस्तै अन्य धेरै संघसंस्थाहरुले पनि गरेदेखि निकै नै अाभारि हुने बताउनु भएकाे छ ।गाेरखा स्कुलले गरेकाे सम्मान र माया प्रति सम्पूर्ण स्कुल परिवारलाई धन्यवाद ज्ञ्यापन गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा कक्षा ५ मा अध्ययनरत छात्रा प्रतीक्षा पुरिले अाफ्ना अवधारणाहरु व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रममा कक्षा ४ र ५मा अध्यापन गराउनुहुने सम्पुर्ण शिक्षक शिक्षिकाहरुकाे सक्रिय सहभागिता रहेका थियाे । गाेरखा स्कुल तुलसीपुर कक्षा नर्सरि देखि कक्षा १ सम्मकाे संयाेजक मेनुका चाैधरिकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण कक्षा काे २देखि ५ सम्मका संयाेजक कमल भण्डारीले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : २०७६ फाल्गुन ९ गते शुक्रवार