वसन्त र संजिवको सहकार्यमा ‘बालापनको उमेर २’ (भिडियो सहित)


फाल्गुन,१० दाङ – गायक संजिव पराजुली र संगीतकार तथा गीतकार वसन्त सापकोटाको सहकार्यमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई ललितपुरको छम्पी देवी उच्च माध्यमिक विद्यालयमा छायांकन गरिएको थियो । गीत खिचिएकै स्थानमा पुगेर भिडियो सार्वजनिक गरिएको हो ।

गायक पराजुलीले भने जुन स्कुलमा हामीले छायांकन गरेका थियौ । त्यहिका विद्यार्थी भाई-बहिनीहरुसँग बसेर गीत सार्वजनिक गर्ने मन भएर सोही स्कुलमा पुगेका थियौ। त्यहाँ पुगेर विद्यार्थीहरुलाई भिडियो देखाउदा उनीहरुले भिडियोलाई निकै राम्रो भएको प्रतिकृया दिएका थिए ।

भिडियो निर्माण टिमले सुटिङ गरिएको स्कुलमा केही आर्थिक सहयोग पनि गरेको गायक पराजुलीले बताए । सन्जिव पराजुली, सिम्रन कार्की, विप्रभ सापकोटा, सालिन पराजुली र सन्रिका भट्टराईको अभिनय गरेका छन । गणेश शाहिले निर्देशन गरेको भिडियोलाई फराज अर्पनले छायांकन तथा सम्पादन गरेका हुन ।

भिडियो:

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार