एक हप्तासम्म मतदातासँगै बस्नकाे लागि दाङ आउँदै महरा


फागुन १०, दाङ । निवर्तमान सभामुख कृष्णबहादुर महरा मतदातालाई भेट्न दाङ आउने भएका छन् । फागुन १२ गते आँफू मतदातालाई भेट्न दाङ आउन लागेको महराले बताएका छन् ।

‘जनतासँग मेरा कुरा भन्न र जनताका कुरा सुन्न म दाङ आउँदै छु, दाङमा हँदा म जनताकै घरमा गएर बस्ने छु र साथै खाना खाने छु’, महराले भने । महरा दाङमा एक हप्ता बस्ने कार्यक्रम तय भएको उनका स्वकीय सचिव प्रमोद शर्माले जानकारी दिए । महरा स्थलमार्ग हुँदै काठमाण्डौंबाट दाङ आउने उनले बताए ।

सोमवार अपराहन्न ४ बजे महरा घोराहीको ट्राफिकचोकमा महरा आइपुग्ने उनले बताए । त्यहाँ महराका शुभचिन्त, पार्टी कार्यकर्ता र मतदाताले स्वागत गर्ने कार्यक्रम तय गरिएकाे बताइएकाे छन् ।

बला’त्का’रकाे अभियाेगमा प्रहरी हिरासत हुँदै कारागारमा ४ महिना थुनामा बसका महरालाइ केहिदिन अघि काठमाडाैं जिल्ला अदातलले निर्दाेश रहेकाे ठहर गर्दै रिहा गर्न आदेश दिएकाे थियाे । अदालतकाे आदेशपछि रिहा भएका महरा राजधानी बाहिर पहिलाेपटक दाङ आउन लागेका हुन् । दाङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भइसकेपछि महरा प्रत्येक महिना मतदातालाई भेट्न दाङ आउने गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार