दाङकाे ‘दिदी घर’ लाई ५० हजार बराबरको चारवटा खाट सहयोग


फागुन ११, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुर्मीगाउँमा रहेको दिदी घर संस्थालाई एक संस्थाले ५० हजार मुल्य बरावरका खाटहरु सहयोग गरेको छ । तुलसीपुर ६ कै नवजागरण महिला तथा वाल संरक्षण केन्द्रले बालबालिकाको लागि चार वटा खाटहरु सहयोग गरेको हो ।

दिदी घर संस्थामा बस्दै आएका बालबालिकालाई सुत्न सुविधा होस भनेर चारवटा दुई तले खाटहरु सहयोग गरिएको संरक्षण केन्द्रकी महासचिव नानी मैया वलीले जानकारी दिइन । एक महिना अगाडि नै ती खाटहरु केन्द्रले सहयोग स्वरुप प्रदान गरेको हो । दिदी घर संस्थामा बस्दै आएका बालबालिकालाई अरु के कुराको आवश्यकता छ ? भन्ने कुरा आवश्यकता अनुसार सहयोग उपलब्ध गराउने अवलोकनका क्रममा उपाध्यक्ष विजय केसीले जानकारी दिए ।

दिदी घर संस्थाकी संस्थापक स्यानी चौधरीले हाल बालबालिकाको लागि खाद्यान्न समस्या रहेको हुँदा सक्दो सहयोग गरिदन सबै सामाजिक संघ संस्थाहरुलाई अपिल गरेकी छन् । संस्थाकी संरक्षक चौधरीले दिदी घर संस्थामा १० जना वेसाहारा बालबालिकालाई संरक्षण तथा शिक्षादिक्षा दिदै आएको बताइन । जहाँ २ वर्षदेखि ९ बर्ष उमेरसम्मका बेसाहारा बालबालिकालाई संरक्षण दिइदै आइएको छ ।

अभिभावक विहिन, अति गरिव, पारिवारीक खखण्डनका कारण समस्यामा रहेका थारु समुदायका र दलित समुदायका बालबालिकालाई दिदी घर संस्थाले आस्रय दिदै आएको छ ।

भविस्यमा समस्यामा परेका जुनसुकै समुदायका बालबालिकालाई संरक्षण तथा शिक्षादिक्षा दिने उदेश्य राखेको संस्थाकी अध्यक्ष स्यानी चौधरीले जानकारी दिइन । उनले त्यसका लागि अन्य संघ संस्थाहरुवाट समेत सहयोग गर्न अपिल गरेकी छन् । ‘तपाँई हाम्रो सानो सहयोगले एउटा बालकको भविष्य निर्माण हुन सक्छ,’ चौधरीले भनिन् ‘त्यसैले आउनुहोस समाजहितमा थोरै योगदान गरौं।’

चौधरीले सहयोग गर्ने नवजागरण महिला तथा वाल संरक्षण केन्द्रकी अध्यक्ष निसा लामिछानेलाई  सम्मान पत्रले सम्मान गरिएको थियो ।  कार्यक्रममा नवजागरण महिला तथा वाल संरक्षण केन्द्रका  कोषाध्यक्ष सुशिला धिताल, सदस्यहरु तुफान बाबु श्रेष्ठ, मिना छन्त्याल, शारदा चौधरी लगाएत पुगेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार