टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका सई कारबाहीमा


फागुन ११, काठमाडौं । प्रहरीको बर्दीमा टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका एक जना अधिकारी कारबाहीमा परेका छन् । महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका हुन् ।

प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले इञ्चार्जबाट तानेर अनुसन्धान थालेको छ । रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले थापाको ठाउँमा सई राजु प्रसाईंलाई पठाइसकिएको बताए ।

‘बर्दीको दुरुपयोग गर्दै टिकटकमा भिडियो बनाउने अन्यविरुद्ध पनि अनुसन्धान भइरहेको छ’, उनले भने, ‘प्रहरी नियमावलीमा भएको व्यवस्था बमोजिम उहाँहरुमाथि कारबाही हुन्छ ।’

प्रकाशित मिति : २०७६ फाल्गुन ११ गते आइतवार