फागुन १२, सल्यान । सल्यान खलंगाबाट प्रशारित रेडियो शारदा एफएमले आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । ग्रामिण विकास सञ्चार केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो शारदा एफएमले सोमबार १२ वर्षमा प्रवेश गरेको हो । उक्त रेडियो २०६५ साल फागुन १२ गते बाट प्रशारणमा आएको थियोे ।
वार्षिकोत्सवको अवसरमा रेडियोले सामुदायिक रेडियोको अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले नागरिकहरुले सहजै सुन्ने माध्यम रेडियो भएको बताएका छन् ।
अन्तरक्रियामा सहभागीबाट विचार राख्दै कल्याणकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण ओलीले रेडियो सबै वर्गका व्यक्तिहरूले सहज रुपमा सुचना लिने माध्यम बनेको बताए । उनले दृष्टिविहीन, अशिक्षित नागरिकको लागि सुचनाको प्रमुख माध्यम रेडियो बनेको भन्दै खुसी व्यक्त गरे ।
गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले रेडियो सल्यान जस्तो ठाउँमा सुचनाको प्रमुख माध्यम बनेको बताए । सल्यानको पत्रकारिताको विकास रेडियोले नै गरेको भन्दै उनले अब रेडियो पनि श्रोताको चाहाना अनुसार आधुनिक डिजिटल माध्यममा जानुपर्ने बताए ।
मिडियाले खबरदारी गर्नुपर्छ : विष्ट
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टले मिडियले नागरिकलाई सुसुचित बनाउने र सरकारी निकायलाई जवाबदेही र जिम्मेवारी बनाउने निकाय भएको बताए । मिडियाको सूचना प्रणाली राम्रो भयो भने मात्र सरकार जनता प्रति उत्तरदायि हुने र विकासले फड्को मार्ने बताए ।
अहिले ब्यवस्था बदलिए पनि बानी ब्यवहार बदल्न नसकेकाले यस तर्फ मिडियाले खबरदारी गर्नुपर्ने उनको भनाइ थियोे । सरकारले गरेको काम प्रति सरकार नै सन्तुष्ट नभएकाले अबका दिहरुमा मिडिया शसक्त भूमिका खलेर आवाज उठाएर जवाबदेहि पुर्ण बनाउनु पर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलले मिडिया भनेको खबरदारी गर्ने निकाय भएको बताउनु भएको छ । पत्रकारीले आफनो अनुशासनमा रहेर काम गर्ने भएकाले पावरफुल भएकाले मिडियोको महत्व धेरै भएको बताए ।
यस्तै त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले स्थानीय सरकार र मिडिया बिच समन्वय गर्नं तयार रहेको बताए । पत्रकारहरुले महत्वपुर्ण भुमिका खेलेर स्थानीय तहमा रहेका साना साना विषयलाई पनि उठान गर्नु पर्ने उनलेे बताए । स्थानीय सरकारका नकारात्मक विषयमात्र उठान गर्ने भन्दा पनि सरकारले गरेका उपलब्धिलाई पनि प्रचारप्रशारमा ल्याउनु पर्नें बताए ।
जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले सरकार र जनताको बिचमा पुलको रुपमा काम गर्नु पर्ने बताए । शुसाशनलाई अक्षरस पालना सञ्चार माध्यमले गर्ने बताउदै समाजमा लुकेर रहेका विषयलाई उठान गर्नु पर्ने बताए ।
रेडियोका सचिव दिपक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न तहका व्यक्तिहरूको उपस्थिति रहेको थियो । रेडियोका विज्ञापन प्रमुख गोपाल शर्माको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा सञ्चालन सरिता चलाउने गरेकी थिईन् ।