- असल क्षेत्री
राष्ट्र र राष्ट्रिय मुक्तिको लागि जसले आफ्नो ज्यानको बलिदान गर्दछ त्यसलाइ सहिद भनिन्छ । सहिद शब्द नै एक महान र गर्वले भरिपूर्ण शब्द हो । सबै सहिद पनि हुदैन्न, सबैलाइ सहिद भन्न नि सुहाउदैन । सहिद कुनै ब्यक्तिका कुनै पार्टी विषेशका पनि हुदैन्न । शहिद त केवल राष्ट्रका हुन्छन ।
राष्ट्रियता जनतन्त्र र जनजिबिकाको सवालमा आपनो जिवनको कुर्वान गर्ने महान मान्छे मात्र सहिद हुन्छ । यहाँ नेपाली जनताको मुक्ति राजतान्त्रात्मक संसदिय व्यवस्थाबाट जनताको हातमा सत्ता ल्याउन जिवनको आहुति दिने महान योद्धाहरुलाइ सहिद भनिएको हो ।
हामी अहिले त्यसबारे नै चर्चा गर्न खोजेका छौं । नेपाली जनतालाई एकतन्त्रीय सामन्ती राजतान्त्रात्मक ब्यवस्था मन परेन । त्यसको ठाउँमा जनताको जनवादी गणतन्त्रात्मक ब्यवस्थाको निमार्णको निम्ति भनेर तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा दश वर्ष सम्म लामो जनयुद्ध भयो । सो जनयुद्धको अवधिमा नेपाली जनताले तनमन र धन लगाएर बलिदानीपूर्ण युद्ध लडन पर्ने भयो ।
एकातिर सिंगै काँग्रेस र एमाले सहितको राजतन्त्रात्मक संसदिय व्यवस्था अर्को तर्फ जनताको तागतमा आधारीत माओवादी शक्ति विच दश वर्ष सम्म युगान्तकारी युद्ध भयो । करिव १७ हजार मान्छेको बलिदान भयो । जनताको तर्फबाट युद्ध लडने माओवादी शक्तिको मात्र करिव करिव १४ हजारको बलिदानी भयो ।
यहाँ चर्चा त्यहि जनयुद्ध र नेपाली मुक्ति आन्दोलनमा बलिदान हुनेहरुको हो । फागुन १४ देखि फागुन २१ सम्मलाई सहिद सप्ताह भनेर नेपालका मुक्तिकामि माओवादीहरु मनाउने सम्झने र बिभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्दछन । फागुन १४ गते सामान्य बिधार्थि गोर्खाका दिल बहादुर रम्तेलले शहादत प्राप्त गरेको दिन हो भने फागुन २१ झापा आन्दोलनका योद्धाहरुलाइ सुखानीमा लगेर मारिएको दिन हो ।
यसैको सम्मान पूर्वक सप्ताहब्यापी शहिद सप्ताह मनाउने गरीएको हो । सल्यानको भने बागचौरमा २०५४ फागुन १४ गते बलिदान दिवस मनाउने क्रममा तिन जना सल्यानी होनहार योद्धाहरुको बलिदान भयो । सल्यानमा भएको पहिलोे बलिदान संयोगले पनि त्यसै दिन परेकोले त्यसदिनलाई बागचौरमा सल्यानका सबै कम्यनिष्ट पार्टीहरुले बलिदान दिवसको रुपमा मनाउने गर्दछन ।
तत्कालीन एमालेका थारमारे गाविसका अध्यक्ष तथा मानव अधिकार कर्मि हेमराज केसीको पनि सोहि दिन तत्तकालीन राज्यसत्ताले गोली हानी मारेको थियो । क्रान्तिकारी युवा बिधार्थी खिम बहादुर डिसी र धन बहादुर थापाको पनि सोहि दिन सोहि स्थानमा सहादत भएको थियो । जसकारण सो दिनलाई सल्यान जिल्लाका माओवादी र तत्कालीन एमाले पार्टी समेतले स्मरणको रुपमा संझने गर्दछन ।
पहिले पहिले तिन वटा पार्टीले छुटटाछुटै स्थानमा कार्यक्रम गर्ने चलन थियो । अव भने एउटा कम्युनिष्ट पार्टीलाइ प्रतिवन्ध लगाइ सकेको र अरु दुइ कम्युनिष्ट पार्टीहरु बीच एकता भएको सन्दर्भमा कार्यक्रम कसरी हुन्छ हेर्न बाँकि नै छ । प्रतिवन्धित कम्युनिष्ट पार्टी हाल बागचौरमा गएर कार्यक्रम गर्न करिव असम्भव नै छ भने सरकारी कम्युनिष्ट पार्टीले कसरी गर्दछन या गर्दैनन त्यो समयले नै बताउला ।
सहिद शब्दमा सम्मानको रुपमा हल्ला गर्ने सहिदको नाममा बाच्न वा छाला जोगाएकालाइ सजिलो नै छ । ति नाम जप्नेहरु आज यो देश र समाजमा सहिदको नाम भजाएर जिविकोपार्जन गर्नेहरु पनि थुप्रै छन । सहिद सप्ताह र सहिद दिवसहरुमा सहिदका फोटाहरुमा माल्र्यापन गरेर गोहिका आसु झार्ने तर बास्तविक सहिदहरुका सपना बिर्सने प्रबृति नेपाली राजनितिको रोग नै बनिसक्यो ।
राजनैतिक सत्ता प्राप्तिका सहिदहरुका सपनाहरु केवल सपनामा मात्र सिमित रहेका छन । सत्य न्याय र जनअधिकारको निम्ति बलिदान गर्ने दश वर्षे जनयुद्धका सहिदहरुका सपनाहरु आज अलपत्र परेका छन । कसैले सम्मोधन गर्न सकेको छैन । ति सहिदको बलिदानवाट प्राप्त अधिकारहरु उपभोग गर्ने तर सहिद र सहिदका परिवारलाइ धारे हात लगाउने नेताहरु नेपाली राजनितिमा थुप्रै छन ।
अहिले जनयुद्धको उपलब्धिको रुपमा मानिएको कथित संघियता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातीक समावेसि राज्य प्राणली पनि हजारौ सहिदहरुको रगत संग साटिएको छ तथापि सहिदको रगतको सपना केवल यो मात्र थिएन । जनयुद्धमा शहादत प्राप्त सहिदको सपना नेपाललाइ पुजिवादी राज्य ब्यववस्थाको ठाउमा जनवादी गणतन्त्रात्मक राज्य प्रणाली स्थापना गर्नु थियो ।
जनयुद्धका सहिदको सपना केवल पुजिवादी गणतन्त्र निमार्ण गर्नु थियो भनेर नेपालका राजनितिक नेताहरुले सहीदका सपनाहरुमा घात गरिरहेका छन । सहिदको सपना त्यतिवेला मात्र पुरा भएको मानिने छ, जव नेपालमा जनताको जनवादी ब्यवस्था निमार्ण हुनेछ । वा नेताहरुले पनि आफु सहिद हुन तयार हुनु पर्दछ । अन्यथा सहिदको रगतमा राजनिति गर्ने हक कसैलाइ छैन ।
हिजो जनताका छोरा छोरीहरुलाइ साम्यवाद र नया जनवादी ब्यवस्थाको शुन्दर सपना देखाएर वलिदान गर्न उत्प्रेरित गर्ने तर नेताहरु मृत्युको भय देखाएर आत्मसर्मपण गर्ने छुट कसैलाइ दिनु हुदैन । मृत्यु या मुक्ति पहिले नेताहरुले रोज्नु पर्दथ्यो या पर्दैन्थ्यो ? सिमित उपलब्धिमा असिमित सुखभोग गर्नु के सहीदको रगतको सम्मान हुन्छ ?
सहिदका सपनाहरु लिलामीमा बिक्रि गरेर क्रान्तिको महायात्रावाट भाग्ने छुट कोहि नेतालाइ हुनु हुदैन । आज नेपालमा त्यहि भएको छ । गोहिका आशु झारेर क्रान्तिवाट भागेका कायर लाछि नेताहरु सहीद सप्ताहको अवसरमा सत्ताको तामझाम सहित सहिद वस्तिमा पुग्दैछन उनलाइ आशा एउटै छ अर्को पटक पनि जनता र सहिद बेपत्ता परिवारलाइ झुक्याएर चुनाव जित्ने र भोग विलासको जिन्दगी जिउने । के महान जनयुद्धमा हजारौ युवाहरुले कसैको ब्यक्तिगत सानमानको लागी बलिदान गरेका हुन ?
के जनयुद्धमा भएको वलिदान कसैको सुखभोगको लागी भएको हो ? के हजारौ मान्छे मृत्युवरण गर्न हिडनुको कारण संसदिय गणतन्त्र मात्र थियो ? श्रमिक जनता सहिद बेपत्ता योद्धा लाखौ कार्यकर्तालाई सडकमा नै छोडेर सिंहदरवार छिरेर किन नेताहरुले यति ठुलो घात गरे ?
के सहिदका आफन्तलाइ यस्को उचित र चित्त वुझदो जवाफ खोज्ने हक छैन ? हाम्रा आफन्तले बलिदान गरीदिनु पर्ने अमुक नेताले त्यसको गलत फाइदा उठाउने के क्रान्तिको उदस्य त्यहि थियो ? आज सहिदका आफन्तले बुुझनै पर्ने बेला आएको छ । जनताको जनवादी ब्यवस्था ल्याउछौ भनेर किन यहि संसदिय दलाल पूंजिवादी ब्यवस्थालाइ अंङ्गिकार गरियोे ?
यदि नेताहरुलाइ सहीद बन्न नै डर लागेको भए हाम्रा आफन्तलाई किन सहीद बन्न वाध्य पारीयो ? के हाम्रा आफन्त बाँच्न चाहदैन्थे ? हाम्रा आफन्तको पनि वाँच्ने रहर थियो होला । हामी सहीदका सन्तान हौ हामी आफै प्रति गर्व गर्दछौ जसले हामीलाइ धोका दिए ति प्रति घृणा गर्ने बेला आएको छ ।
क्रान्तिमा बलिदान हुन्छ, मान्छे मारीन्छन, सहीदको लामो श्रृखला खडा हुन सक्छ तर बाँचेकाले क्रान्तिको अन्तिम लक्ष सम्म पुरयाउनु पर्दछ या आफुले पनि बलिदान गर्नु पर्दछ । गद्धार र धोकेवाजहरु भाग्छन तर नेतालाई भाग्ने छुट हुदैन । कि बलिदान कि मुक्ति नेताको यो वाहेक अर्को सर्त हुन सक्दैन । नेपाली क्रान्तिमा हजारौ सहीदको श्रृखला खडा भयो हजारौ योद्धाहरु घाइते जिवन बाँच्न वाध्यछन ।
चुरा झुटे सिन्दुर पुछियो, कयौको काख रित्तियो, कयौ टुहुरा भए तर ब्यवस्था परिर्वतन भएन । नेताले न बलिदान गरे न अन्याय सोशनवाट समाजलाइ मुक्त गरे । जनयुद्धका मुल नेताहरु सहीदको रगतले साटीएका सम्पूर्ण उपलब्धिहरु साम्राज्यवादीहरुलाई सुम्पिएर रगतको उपहास गर्दै आफै दलाल बने ।
क्रान्ति अनिवार्य कुरा हो । क्रान्ति भनेको नयाँको खोजी र स्थापना हो । जनताले सधै परिर्वतन चाहन्छन क्रान्ति भनेको परिर्वतन हो । क्रान्तिहरु प्राय हिंसात्मक नै हुन्छन आज सम्मको बिश्वको इतिहास पनि त्यहि हो । क्रान्तिमा भएको बलिदानको सम्मान केवल क्रान्तिको लक्ष चुमेर मात्र हुन्छ क्रान्तिबाट भागेर हैन ।
नेपालमा भने क्रान्तिवाट गद्धारी गरी भागेर दुष्मनको अगाडी लम्पसार परी आत्मसर्मपन गरेका नेताले सच्चा बलिदानका अनुयायी हामी नै हौ भनेर नेपाली क्रान्तिका सहीदका सन्तानलाइ झुक्याइ रहेका छन । सहिद सप्ताह र बलिदान दिवस मनाएको सार्थकता त्यति वेला मात्र हुन्छ जतिवेला सहीदले देखेको सपना पुरा हुन्छ या सहीदले देखेको वाटोमा निरन्तर हिडछ ।
अन्यथा सरकारको बजेट विनियोजन गरी आधा बजेट आफैले गोजीमा कुम्ल्याएर दुइचार पैसा सहीदको सम्मानमा दोसल्ला ओढाएर सहीद, सहीद सप्ताह र बलिदान दिवस मनाउनुको औचित्य छैन । भ्रष्ट तस्कर र नवदलाल वनेका क्रान्तिका भगौडाहरु सहीद सम्मान भनेर सहिद वस्तिमा आउदा सहीद परिवारको मन भक्कानिन्छ । आफनो गुमाएको सन्तानको पिडाले मुटु पोल्छ, के हाम्रो प्रिय सन्तानले यहि देख्न रगत बगाएको थियो मन छियाछिया हुन्छ ।
उ रगत वगाउने महान थियो तर उसको नाममा राजनिति गर्ने अहिले गद्धार वनेको छ भ्रष्ट दलाल र तस्कर वनेको छ । दलाल संसदिय ब्यवस्था र क्रान्तिवाट भागेका भगौडा नेताहरवाट अव सहिदको सपना पुरा हुने कुनै संभावना छैन । बरु आउनोस सबै सहीद वेपत्ताका आफन्तले साझा प्रण गरौ सहीदको सपना पुरा गर्ने ।
सहिदको सपना भनेको बैज्ञानिक समाजवाद हुदै साम्यवादको सपना हो । वैज्ञानिक समाजवाद हुदै समाम्यवादमा पुग्ने भनेको केवल क्रान्तिको नया वाटोवाट मात्र संम्भव छ । सहीदको वास्तविक सपना पनि त्यहि हो ।
लेखक सरकारद्वार प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन्
प्रकाशित मिती २०७६ फागुन १४ गते