फाल्गुन,१८ दाङ – नेपाल औषधि थोक व्यबसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले औषधीको थोक ब्यबसायमा आवद्द ब्यबसायीहरुलाइ एकताबद्द गरि ब्यबसायीहरुको हक हितको लागी सबै थोक व्यबसायीहरु अब एकजुट हुनुपर्ने बेला आएको बताएका छन ।
नेपाल औषधी थोक व्यबसायी संघ ५ नम्बर प्रादेशिक समिति दाङको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष बास्कोटाले हाम्रो इच्छा सम्पूर्ण औषधी व्यबसायिको सुरक्षा भन्ने मूल मर्मलाई औषधि व्यवसायको जगतमा क्रियाशील सबै व्यबसायीहरुले आत्मसात गर्नुपर्ने बताएका हुन ।
कार्यक्रममा संघका केन्द्रिय महासचिव गणेश नेपालले औषधि क्षेत्रमा बढ्दो अनेकन वेतिथीलाइ सम्बोधन गर्दै विगत ३ वर्षदेखि निरन्तररुपमा संस्थागत पहिचान सहित थोक तथा खुद्रा मात्र नभइ सिंगो औषधि जगतमा नयाँ आयाम सिर्जना गर्ने लक्ष्य अनुरुप संघले आफ्नो कार्य योजना तयार गरेर अघि बढिरहेको धारणा व्यक्त गरेका थिए ।
अधिवेशनले २ महिना अघि गठन भएको तदर्थ समितिलाई नै निरन्तरता दिदै सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष शालिकराम आचार्य, उपाध्यक्ष शेषकान्त ढकाल, महासचिव तुफानबाबु श्रेष्ठ, सचिव दिपेन्द्र न्यौपाने र कोषाध्यक्षमा रमेश खनाल चयन भएका छन ।
साथै कार्यसमितिको सदस्यमा लक्ष्मी प्रसाद कडेल, देव बहादुर बस्नेत, बिक्रम कुवर, राजेन्द्र पोख्रेल, भागवत कमलापुरी र अजय केसी चुनिएका छन । संघका नवनिर्वाचित अध्यक्ष शालिकराम आचार्यले संघले आयोजना गरेको १ दिने व्यबसायी अभिमुखिकरण कार्यक्रम सम्पन्न गर्न सहयोग र समन्वय गर्ने सम्पूर्ण संघ संस्था र सहभागीहरुलाई धन्यवाद दिदै आगामी दिनमा नयाँ कार्ययोजना बनाएर अझै व्यबसायीमुखी सृजनशिल काम गर्दै जाने बताएका छन।