पूर्ण के.सी. फाल्गुन २१, दाङ । तुलसीपुर उपमहानगरपालिकाले कोरोना भाइरसको जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न सबैमा अपिल गरेको छ । उपमहानगरले कुनै पनि सार्वजनिक कार्यक्रमका लागी अनुमतिमा रोक समेत लगाएको एक प्रेस विज्ञप्ती जारी गदै यस्तो जानकारी दिएको हो ।
भाइरसको संक्रमणले विश्वभर ठूलो मात्रामा मानवीय क्षतिका साथै मानिसको स्वास्थ्यमा गम्भिर असर समेत पारेकाले यसबाट वचन लागि सबै सचेत हुन आवश्यक रहेको कार्यवाहक नगरप्रमुख सुर्य बहादु डाँगीले बताए । सार्वजनिक ठाउँमा भेला हुने, सभा सम्मेलन र महोत्सव लगायतका कार्य तत्कालका लागि नगर्न अनुरोध समेत गरेका छन् ।