पूर्ण के.सी. फाल्गुन २१, दाङ । थरुहट थारुवान मोर्चाले आह्वान गरेको आमहड्ताल बुधबार बेलुका ५ बजे बाट खुलेको छ ।
मोर्चाका आन्दोलन परिचालन समितिका संयोजक प्रकाश चौधरीले विज्ञप्ती जारी गर्दै आम हड्ताललाई सहयोग पुहयाउने सबैलाई धन्यवाद दिदै बेलुका ५ बजेदेखि बन्द खुलेको जानकारी दिए ।
बन्दका कारण हिजो देखि रोकिएका लामो दुरीका सवारी साधन गन्तब्य तर्फ लागेका छन् । दुई दिन भएको बन्दमा दाङ्गमा कुनै पनि अप्रिय घटना नघटेको दाङ्ग प्रहरीले बताएको छ ।