• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

तुलसीपुर ७ मा गायत्री महायज्ञ आयोजना


फाल्गुन २२, दाङ । तुलसीपुर उपमहानगरपालीका वडा न ७ श्रीगैंमा तीनदिने गायत्री महायज्ञ बुधबार पनि चलेको छ । धार्मिक तथा आध्यात्मि रहन आवश्यक रहेको भन्दै वडाले उक्त महायज्ञ आयोजना गरेको वडाध्यक्ष टोपबहादुर केसीले बताए ।

मंगलबारदेखि समृद्धि तथा सामाजिक परिवर्तनका लागि संस्कारवान पिढी निर्माण गर्ने गर्भोत्सव कार्यक्रम योग, ध्यान प्रणायाम तथा पञ्चकुण्डीय गायत्री महायज्ञ को नारा सहित प्रशिक्षण सुरु गरिएको हो ।

तुलसीपुर उपमहानगरपालीका वडा न ७ को आयोजना तथा गायत्री परिवार दाङको सहआयोजनामा भएको शिविर देखी ३ दिनसम्म चल्ने अध्यक्ष केसीले बताए । वडा वासिलाई धार्मिक रुपमा अग्रसर बनाउन भारतको हरिद्वारबाट प्रशिक्षक ल्याएको उनले बताए ।

यसैबीच मंगलबार एक कार्यmक्रमकाबीच उक्त महायज्ञ उद्घाटन गरिएको हो । वडा अध्यक्ष टोप बहादुर केसीको अध्यक्षता तथा पूर्वसांसद बुदीराम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्राध्यापक तथा कर्मकाण्ड प्रशिक्षक सोमदेव पटैया, डा. विष्णु अर्याल, योग प्रशिक्षक अरुण श्रेष्ठ, रुद्र बस्याल, वडा सदस्य सारदा सुनार, चलचित्र पत्रकारसंघ दाङका अध्यक्ष शिव पुन लगायतले मन्तब्य राखेका थिए । वडा सदस्य राम बहादुर जिसी को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार