सल्यानको हिलेमा डाँगी मन्दिर उद्घाटन



फागुन २२, सल्यान । डाँगी जातिहरुले पुजा गर्नको लागि सल्यानको कुमाख गाउपालिकाको हिलेमा बाज्ञश्वरी डाँगी मन्दिरको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको मन्दिर सम्पुर्ण डाँगीहरुको साझा सहयोगमा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरको उद्घाटन साहित्यकार डा. कृष्ण राज डाँगीको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा बोल्दै डा. कृष्णराज डाँगीले राष्ट्रियता जोगाउन संस्कृति जोगाउनु पर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथी काँग्रेस महाधिवेशन सदस्य एकराज डाँगी, गायक तथा शिक्षक शेर बहादुर डाँगी लगाएतले मन्तव्य राखेका थिए

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार