फाल्गुन,२३ दाङ – आर.सि.सि. भिलेज काशिपुरको अध्यक्षमा दोर्णबहादुर खत्री चयन हुनुभएको छ । शान्तिनगर गाउपालिका वडा नम्बर ५ काशिपुरमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा खत्रीलाई सर्वसम्मत चयन गरिएको हो।
अध्यक्ष चुडामणी केसीले माइन्युट हस्तान्तरण गरेर खत्रीलाई कार्यभार सुम्पनु भएको हो। नयाँ कार्यकालको लागि चयन भएको २२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दुर्गाबहादुर केसी, सचिब लाल बहादुर केसी, कोषाध्यक्ष सियाराम चौधरी र सहसचिबमा खिमलाल वली सर्वसम्मत चयन हुनु भएको छ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देव बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केसीले काशिपुर भिलेजलाई नमुना भिलेजको रुपमा बिकास गर्नुपर्ने बताउनु भयो साथै उहाँले सानो सानो सामाजिक कार्य गरेर भए पनि समाज सेवामा आर.सि.सि. भिलेज काशिपुरले आफ्नो उपस्तिथी जनाईरहनु पर्ने बताउनु भयो।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले काशिपुर भिलेजमा शिक्षा, स्वास्थ्य र बिकासको पहुच स्थापित गर्न सबै सदस्यहरु एकजुट भएर लाग्नु पर्ने बताउनु भयो। नवगठित कार्यसमितिका पढाधिकारी तथा सदस्यहरुलाई क्लबका पूर्व अध्यक्ष बिजय केसीले शपथ ग्रहण गराउनु भएको थियो। आर.सि.सि. भिलेज काशिपुरका संस्थापक अध्यक्ष मनोहर कुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्लबका सचिब सन्दिपन रिजालले गर्नुभएको थियो।