टिपर आतंक : मोटरसाइकलको पछाडी बसेकी श्रीमतीको मृ’त्यु, श्रीमान गम्भीर घाइते



फागुन २३, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा शुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेका छन् । मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । चालक श्रेष्ठको मधु श्रीमती हुन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको बताए।

फाेटाे फाइल

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार