सल्यानमा बाइक दुर्घटनामा परेर ज्यान गुमाएका रमेशको बैंकद्वारा ऋण मिनाह


फागुन २३, सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ पटारेमा मोटरसाईकल दुर्घटनामा मृ’त्यू भएका रमेश बुढाथोकीको मुक्तिनाथ विकास बैंकले कर्जा बापतको ऋण मिनाहा गरिदिएको छ। मुक्तिनाथ विकास बैंक थारमारेबाट व्यापारको लागि लिएको ५ लाख रुपैया मध्य तिरीसकेको सावाँ र व्याज बापतको रकम १ लाख ८३ हजार ९६ रुपैयाँ र काजक्रिया बापतको रकम ५ हजार रकम बैंकले हस्तान्तरण गरेको हाे ।

त्यस्तै उनले तिर्न बाँकी रहेको कर्जा ३ लाख ७७ हजार ३ सय ७३ रुपैँया पनि बैंकले मिनाह गरेको छ । उक्त रकम मृतक बुढाथोकीकी श्रीमती अस्मीता बटालालाई बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी र सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर बस्नेत, मुक्तिनाथ बिकास बैंक श्रीनगरका डेस्क प्रमुख डिल्ली प्रसाद रानाद्धारा संयुक्त रुपमा हस्तान्तरण गरिएको हाे ।

मुक्तिनाथ विकास बैंक लि. थारमारे शाखाका शाखा प्रमुख गेहेन्द्र भट्टराईले बैंक जनताको दुःखमा पनि सधै साथमा रहेर अगाडी बढेको र हरेक नेपालीहरुको सुख, दुःखमा तथा धनी देखि गरीबसम्मलाई वित्तिय सेवा दिईरहेको बताएका छन । साथै उनले बैंक सामाजिक उत्तरदायित्वमा सक्रिय भएर लागीरहेकोे बताए

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार