सल्यानको एमएम एकेडेमीले बालबालिकामा सकारात्मक सोचको विकास गर्दै



करेश्मा गिरी/ फागुन २३, सल्यान । सानै उमेर देखी बालबालिकामा सकारात्मक सोंचको विकास गर्नु पर्ने भन्दै जिल्लाको एक निजि विद्यालयले सकारात्मक सोच सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ३ मा रहेको एमएम एकेडेमी सल्यानको आयोजनामा विद्यालयमा अध्यनरत कक्षा १ देखी १० सम्मका क्षात्र छात्रालाइ अभीमुखीकरण गरिएको हो।

कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टोप बहादुर थापाले विद्यार्थीहरुलाइ किताबी ज्ञान मात्रै नभएर बाह्य ज्ञनाको पनि उत्तिकै आवश्यकता रहेको बताए । एमएम एकेडेमी र सीटीएफ नेपाल द्धारा संचालीत शैक्षीक अभीमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै उनले यस्तो बताए ।

उनले बालबालिका लाइ सानै उमेर देखीनै सकारात्मक सोचको विकास गर्न सके पछि गएर हरेक क्षेत्रमा सफलता प्राप्त हुने बताए । विद्यालयले बालबालिकालाइ मध्यनजर गर्दै यस्तो खालको आयोजना गरेकामा विद्यालय परिवारलाइ धन्यवाद समेत व्यक्त गरे ।

सिटीइभिटीबाट मान्यता प्राप्त सिटिएफ नेपालले सल्यानका दुइ वटा विद्यालयसंग सहकार्य गरेर विभिन्न कृयाकलापहरु गर्दै आएको छ। जिल्लामा पहिलो पटक सिटिएफ द्धारा बालबालिकालाइ सकारात्मक सोच सम्बन्धी जानकारी मुलक अभिमुखिकरण गरिएको एमएम एकेडेमीका संचालक महेश देवकोटाले जानकारी दिए ।

आज एम एम एकेडेमी खलंगामा सम्पन्न भयो भने भोली मोडन तुलसी एकेडेमी श्रीनगर सल्यानमा हुनेछ । जिल्ला समन्वयको हलमा सम्पन्न कार्याक्रममा मोटिभेटर रबिकिरणले अभिमुखीकरण गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार