पूर्ण के.सी. फाल्गुन २३, दाङ ।
तुलसीपुर ७ मा रहेको गणेशपुर पार्कमा बुद्धको मूर्ति राखिने भएको छ । पर्यटकको ध्यान तान्ने र पर्यटन प्रबर्द्धनको विकास गर्ने प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको पहलमा सो मुर्ति निर्माण गरिन लागेको हो । प्रदेश सरकारको ५० लाख र तुलसीपुर उपमहानगरपालिकाको ५० लाख लागतमा उक्त कार्य हुदैछ ।
२५ लाखको लागतमा बुद्धको मूर्ति निर्माण गरिने गणेशपुर पार्कका अध्यक्ष डिल्लीराज भण्डारीले बताए । पार्कमा पुष्पबाटिका, संग्राहलय, पानीको फोहोरा लगायतका आकर्षक निर्माण कार्यलाई पनि तिव्रता दिने भण्डारीको भनाइ छ ।