महिला दिवसको अवसरमा बागचौरमा लोकदोहोरी र घैटोफोर सम्पन्न



फागुन २६, सल्यान । ११० अौं महिला दिवसको अवसरमा आइतबार सल्यानका विभिन्न ठाउँहरु कार्यक्रम गरिएको छ । कोरोना भाइरसका कारण सरकारले देशका प्राय ठाउँ सामुहिक कार्यक्रम नगर्ने भनेपनि सल्यानमा महिला दिवसको सामान्य कार्यक्रम गरिएको हो ।

बागचौर नगरपालिकाको वडा नम्बर २ को आयोजनामा दिवसकै अवसरमा लोकगीत र घैटोफोर प्रतियोगिता सम्मान भएको छ। वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष टोपबहादुर डाँगीको अध्यक्षता कार्यक्रम भएको हो ।

लोकदोहोरीमा प्रथम सीता डिसी, दितृय यमकला शर्मा, तितृय यज्ञी भण्डारी र सान्त्वना ललिता केसी भएका छन् ।घैटोफोरमा रोजी भण्डारी विजेता भएकी छन । विजेता सबैलाई कार्यक्रमका प्रमुख अतिथि पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसीको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य मुना केसीको पनि सहभागीता रहेको थियो भने संचालन प्रभा डिसीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २६ गते सोमवार