फागुन २६, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्नेबारे परेकाे उजुरीकाे कर्णाली प्रदेश सरकारले निर्णय फिर्ता गरिदिएकाे छ । शुक्रबार कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषदको बैठकले गाउँपालिकाकाे नाम र केन्द्र परिवर्तन गर्ने पहिलाे अधिकारी स्थानीय तहलाइ नै भएकाे भन्दै यथास्थान कायम राख्नकाे लागि निर्णय फिर्ता गरेकाे हाे ।
छत्रेश्वरी गाउँपालिकाको केन्द्र ३ र ५ नम्बर वडामा पर्ने तारुपारेमा सार्न र गाउँपालिकाको नाम छत्रेश्वरीबाट परिवर्तन गरी पाथिभरा कायम गर्न माग गरिएको उजुरीमा मन्त्रीपरिषदको बैठकले त्यसकाे पहिलाे अधिकार गाउँपालिकालाइ भएकाे निर्णाय गरेकाे छ । स्थानिय सरकार संचालन एन २०७४ को दफा ४ को उपदफा (५) बमोजिम विधिवत रुपमा गाउसभाबाट पारित भइ आएपछि मात्रै प्रदेशले निर्णय गर्न सक्ने कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता विमला केसीले बताएकी छन ।
हाल छत्रेश्वरी गाउँपालिकाको केन्द्र साविक छायाँक्षेत्र गाविस भवन भोटेचौरबाट सञ्चालन हुदै आइरहेको छ । स्थानीय सरकार गठन हुनभन्दा अघिदेखि नै यस गाउँपालिकाकाे केन्द्रकाे विषयमा विवाद सुरु हुँदै आएकाे थियाे ।
साविकका दमाचाैर, लेकपाेखरा, झिम्पे र छाँयाछेत्र गाविसलाइ समेटेर याे गाउँपालिका बनाइएकाे थियाे । अहिलेपनि दमाचाैर र लेकपाेखराका नागरिकहरू गाउँपालिकाकाे केन्द्र बीच भागमा नभएकाे भन्दै रुष्ट हुँदै आएका छन् । दमाचाैरका नागरिकहरू आफ्नै गाउँपालिकाकाे केन्द्र भाेटेचाैर आउनलाइ बागचाैर नगरपालिका, सिद्ध कुमाख गाउँपालिका र शारदा नगरपालिका हुँदै भाेटेचाैर पुग्नुपर्ने समस्या रहेकाे छ ।