एसइइ परिक्षाकाे लागि सल्यानबाट ५ हजार परिक्षार्थी सहभागी हुँदै, ताेकियाे यी केन्द्रहरु


करेश्मा गिरी/ फागुन २८, सल्यान । चैत ६ गतेबाट संचालन हुन लागेको एसइइ परिक्षा २०७६ मा सल्यानबाट करिब पाँच हजार परिक्षार्थी सहभागी हुँदै  छन् । जिल्ला शिक्षा समन्वय इकाइ सल्यानले दिएको जानकारी अनुसार यस वर्ष सल्यानका विभिन्न विद्यालयबाट ४ हजार, ९ सय परिक्षार्थीले सहभागीता जनाउने छन् ।

जस अन्तरगत ७२ वटा सामुदायिक विद्यालयबाट ४हजार, ४सय, २८जना र ८ वटा संस्थागत विद्यालयबाट १ सय ४७ जना रहेका छन् । यस्तै प्राविधिक धार तर्फ लुहापिङ खलंगामा सिभील इन्जीनियरिगं अध्यनरत ३७ जना, जनकल्याण क्याम्पस थरमारेमा कृषी बाली बिज्ञान तर्फ अध्यनरत ४० जना रहेको शिक्षा समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीले जानकारी दिए ।

यसैगरी खुल्ला विद्यालय सितलपाटीबाट खुल्ला तर्फ ८६ जना विद्यार्थीले सहभागिता जनाउने उहाँले बताउनुभयो।ग्रेड बृद्दिका लागी १ सय ६२ बिधार्थी सहभागी हुदैछन् ।

८४ माध्यामिक विद्यालय मध्य २३ विद्यालयमा एसइइको परिक्षा केन्द्र तोकिएको छ ।

१. नेपाल राष्ट्रीय मावि कीमीचौर,

 २. शारदा मावि संखमुल 

३. त्रिभुवन जनता मावि भोटेचौर 

४. भानुभक्त मावि दमाचौर 

५. ब्राइटपर्ल बोर्डिङ सितलपटि

६. शिबजन मावि सितलपाटि

७. त्रिभुवन जन मावि लुहापिङ

८. महेन्द्र मावि पिपलनेटा 

९. निराजन मावि ढोरचौर 

१०. महेन्द्र मावि कुमाइगाँउ पिपलनेटा

११. जनकल्यान मावि थारमारे 

१२. बालकन्या मावि कोटबारा 

१३. सरस्वती मावि सिवरथ

१४.म महेन्द्र मावि जिमाली

१५. जनता मावि रागेचौर

१६. सूर्योदय मावि ढाकाडाम

१७. जनज्योती मावि फारुलाचौर 

१८. त्रिभुवन जनता मावि च्युरा 

१९. बनगाड कुपीण्डे क्यम्पस बनगाड

२०. प्रभाकर मावि देवस्थल 

२१. शारदा जनकल्यान मावि रामपुर

२२. लक्ष्मी नि मावि  बालुवा

२३. जनता मावि  काभ्रा 

आगामी चैत्र ६ गतेदेखी सुरुहुने साधारण धार तर्फको एसइइ परीक्षा चैत १४ गते सम्पन्न हुने छ भने प्राविधीक धारतर्फको चैत १७ गते सम्पन्न हुने शिक्षा इकाइ प्रमुख घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार