गजल
मलाइ नजिकै डाकिन, म लजाए ।
भन्दा सङ्गै खाम टिफिन, म लजाए ।
मलाइ दिदै गर्दा खाजा चम्चा भरेर ।
सुरुमा आफैले चाखिन, म लजाए ।
हातमा थमाइन, लिए मुख नजिकै ।
सोचे नखाम कि एकछिन, म लजाए ।
खाइदिए भोक लाएझै गरी मस्तसङ्ग।
मायालु आँखा ले हेरिन, म लजाए ।
पिरो लागेर बेस्सरी पानी छैन सोधे ।
होला, उठन पो थालिन, म लजाए ।
शान्त हुँदै थे, प्यास मेटिएला भनेर ।
उनी उठ्न साथ अडिन, म लजाए ।
पिरोको सुस्साहट कम हुन नपाउदै ।
झनझन अघि पो बढिन, म लजाए ।
एकाएक गुलियो भए चिसो लागेर ।
ओठ जिब्रो सङ्ग कसिन, म लजाए ।
नजर झुकाइन अनि नजिक हुदै ।
लुसुक्क निहुरेर कुदिन, म लजाए ।
एक्लै मुसुक्क हासे, एकाग्र बनी ।
लाग्यो राम्रै हो खानपिन, म लजाए ।
महेश कुमार भण्डारी
प्रकाशित मिती २०७६ फागुन २९ गते