प्रधानमन्त्री ओलीलाई भेटिन् धर्मपत्नी राधिका शाक्यले, अरुलाई किन दिइएन् भेट्न्


फागुन २९, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। मिर्गौला प्रत्यारोपण गरिएको ९ औं दिन पनि ओलीको नियमित स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन्।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुक रहेको बताए। प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको उनको भनाइ छ। गत हप्ताको बुधबार मिर्गौलाको प्रत्यारोपण गराएका ओलीले नियमित खाना लिइरहेका छन्।


फाइल फाेटाे

मिर्गौला दिने समीक्षा संग्रौलालाई डिस्चार्ज गरिएपनि ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन्। प्रधानमन्त्री ओलीलाई अहिलेसम्म २ जनाबाहेक अरुलाई भेट्न समेत दिइएको छैन।

मिर्गौला दिने संग्रौला र प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य बाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। प्रधानमन्त्री पत्नी राधिकाले बिहीबार ओलीलाई भेटेकी हुन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार