फाल्गुन २९, दाङ । नेपाल बिद्युत् प्राधिकरण बितरण केन्द्र घोराहीको गाडी दुर्घटनामा परेको छ ।
घोराहीको जिल्ला प्रहरी कार्यालय अगाडि रहेको धुलाई सेन्टरमा लैजाने क्रममा बा १ ञ १६५५ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो । धुलाई सेन्टरमा लैजाने क्रममा गुड लाइन रेष्टुरेन्टमा भित्रिएको हो ।
धुलाई सेन्टरका कामदार दिनेश बुढाथोकीले चलाएको उक्त गाडीको दुर्घटना हुँदा रेष्टुरेन्टका सञ्चालक शिबराज थापा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।