सल्यानमा नदीमा डुबेर एक जनाको ज्यान गयाे


करेश्मा गिरी / चैत १, सल्यान । सल्यानमा नदीमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको कालीमाटी गाउँपालिका–२ भुतेताल निवासी ४२ वर्षीय विष्णु नेपालीको शारदा नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रवार राती नदीको पाल्लोपट्टीको गाउँबाट फर्किदै गर्दा नदीमा डुवेेर ज्यान गएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख लक्ष्मण वलीले जानकारी दिए ।

शनिवार बिहान नदीछेउ ढुंगामा घोप्टो परेको अवस्थामा स्थानीयले मृतकलाइ देखेपछि प्रहरीलाइ खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १ गते शनिवार