लमही जेसिजले राख्यो कोरोना सचेतना बोर्ड


शिव राज खनाल/चैत,१ देउखुरी दाङ- यतिबेला बिश्व कोरोना भारसको संक्रमण को त्रसित अबस्था छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको गरे सङै लमही जेसिजले लमही नगरपालिका का विभिन्न स्थानमा कोरोना भाइरस सचेतना बोर्ड राखेको छ । संक्रमण बढ्दै गएपछि सर्वसाधारणमा सचेतना फैलाउन लमही जेसिजले पालिका का विभिन्न स्थानमा बोर्ड राखेको हो ।

विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बँच्न सर्वसाधारणमाझ सचेतना फैलाउने उद्देश्यले र सजक बनाउन लमही जेसिजले लमही नगरपालिका का सम्पुर्ण वडा लगायत लमही नगरपालिका का विभिन्न स्थानमा सचेतना बोर्ड राखेको लमहि जेसिजकि अध्यक्ष सपना पान्डेले बताइन । कोरोना भाइरसको संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु भएको छ।

भारतमा कोरोना भाइसर बाट मिर्त्यु हुने को संख्या २ पुगिसकेको र हाल सम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेका छन । त्यसमध्ये १७ जना विदेशी रहेका छन । छिमेकी रास्ट्र भारतमा कोरोना को संक्रमण देखा परिरहेको बेला हामी थप सतर्क हुनु प्रने र सचेतनाका लागि लमही जेसिजले यस कार्य गर्दै आइरहेको लमही जेसिज का पुर्ब अध्यक्ष शिव शंकर गुप्ता ले बताए ।

प्रकाशित मिति : २०७६ चैत्र १ गते शनिवार