सल्यान त्रिवेणी गाउँपालिका अध्यक्षका छोराको खुकुरी प्रहारबाट मृ’त्यु


चैत ३, काठमाडौं । सल्यान त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीका छोराको खुकुरी प्रहारबाट मृ’त्युु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २३ वर्षीया हिरा डाँगीको खुकुरी प्रहार बाट सोमबार ज्यान गएको हो । सोमबार दिउँसो १ बजे उनीमाथि तुलसीपुर ६ रजौरामा खुकुरी प्रहार भएको थियो ।

घाइते डाँगीको तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो। त्यहाबाट पनि उनलाई थप उपचारको लागि सोमबार दिउँसो ३ बजे नेपालगन्जबाट काठमाडौं लगिएको थियो। काठमाडौंको ह्याम्स अस्पतालमा पुर्याए लगत्तै डाक्टरले डाँगीलाई मृत घोषणा गरेको कांग्रेस नेता दिपेन्द्र कुमार खत्रीले जानकारी दिएका छन।

डाँगीको खुट्टामा खुकुरी आक्रमणवाट गहिरो चोट लागेको हुँदा अत्यधिक रक्तस्रावका कारण ज्यान गएको बुझिएको छ । मृतक डाँगी फूटवल खेलाडी तथा नेविसंघका नेता समेत हुन। डाँगीमाथी भएको खुकुरी प्रहारबारे अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने युवाहरुको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार