सल्यानका स्वास्थ्यकर्मीले अत्यावश्यक काममा बाहेक बिदा नपाउने



चैत ४, सल्यान । कोरोना भाईरसबाट बच्न सल्यानमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने भएको छ । भाईरसबाट बच्न समुदाय र विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको हो ।

जिल्ला विपद व्यवस्थापन समिति सल्यानको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । साथै सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई अत्यावश्यक बाहेक विदा नदिने निणर्य गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बैसेको वैठकले स्थानीय तहलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निणर्य गरेको हो ।

यस्तै कपुरकोटमा स्थापना भएको हेल्थ डेस्कमा आवश्यक पर्ने स्वास्थ्यकर्मी र आवश्यक समाग्रीका लागि ब्यवस्था गर्न कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निणर्य गरेको छ । गएको शुक्रबार कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी सहितको टोलि कपुरकोट आएर हेल्थ डेस्क स्थापना गरेको हो ।

प्रकाशित मिति : २०७६ चैत्र ४ गते मङ्गलवार