के कारणले भएकाे थियाे हिरा डाँगीमाथी खुकरी प्रहार ?


चैत ५, दाङ । सल्यान त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीका छाेरा हिरा डाँगीकाे खुकुरी प्रहारबाट भएकाे मृ’त्युकाे घटनाबारे प्रहरीले केहि नयाँ अनुसन्धान खाेलेकाे छ । गएको साेमबार बिहान (रातीकाे) १ बजे तुलसीपुर ६ रजौरामा खुकुरी प्रहार भइ साेमबार साँझ नै काठमाडाैं पुर्याउदा उनकाे मृ’त्यु भएकाे थियाे ।

घटनाबारे अनुसन्धान गरेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएकाे जानकारी अनुसार अहिलेसम्म खुकुरी प्रहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ६ गोलौरा निवासी २३ बर्षीय अनुप बस्नेत, रजौराका २२ बर्षीय शुसिल बस्नेत, सोही ठाउँका अमिक खड्का रहेका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० नयाँगाउँ निवासी २४ कस्मिर टण्डन भने फरार छन् ।

के कारणले भयो घटना ?

साेमबार बिहानपल्टकाे (राती) साढे १२ बजेकाे थियाे । सोही दिन हिरालाई ‘शुसिलको पानीको पम्प नजिकै काम छ’ भनेर बोलाए । बोलाएपछि हिरासहित ४/५ जनाको समूह शुसिल सहितको समूह भएको ठाउँमा पुगे । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार हिरा र अनुपको सामान्य विवाद भएको रहेछ ।

त्यही विवादलाई मिलाउने भनेर हिरालाई त्यहाँ बोलाईएको रहेछ । त्यसपछि उनीहरु तुलसीपुरको एक होटेलमा संगै बसेर खाए । खानेक्रममा विवादले झन ठूलो रुप लियो ।

विवादले ठूलो रुप लिएपछि शुसिलको समूहका केही ब्यक्तिहरुले हिरामाथि रड र खुकुरी प्रहार गरे । त्यसपछि हिरासंगै गएका उनका साथीहरुले घाईते भएका हिरालाई उठाएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए ।

अस्पतालमा सामान्य उपचार पछि कोहलपुर रेफर गरियो । कोहलपुर पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरमाफर्त काठमाडौं लगियो । काठमाडौं पुर्याएपछि डाक्टरले उनलाइ मृत घाेषना गरेका थिए ।

पक्राउ परेका तीन जनालाई म्याद थप गरि अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले बताए ।

याे पनिः सल्यान त्रिवेणी गाउँपालिका अध्यक्षका छोराको खुकुरी प्रहारबाट मृ’त्यु

याे पनिः अपडेट : डागीको हत्या आरोपमा ३ जना प्रकाउ

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार