शत्रुजीव व्यवस्थापनका लागि ‘आइपिएम’


  • दिपेश ढकाल

विश्वमा प्रत्येक बर्ष  करिब ४० हजार मानिसको मृ’त्यु बिषादीको कारण हुन्छ । नेपालमा पनि  बिषादीकै कारण एक गाउँका युबतीहरुमा बाझोपन समस्याले बिहे नभएको सामाचार पनि सुनिएकै हो ।

बालीनालीमा लाग्ने किराहरु सुल्सुले, बालीरोग, झारपात जुका मुसा र अन्य पिराहा जनावरलाई नास गर्ने वा नियन्त्रण गर्न प्रयोग गरिने विभिन्न थरिका बिषालु पदार्थलाई नै बिषादि भनिन्छ । बिषादिले दिर्घकालीन रुपमा क्यान्सर, ट्युमर स्वासप्रस्वास सम्बन्धि रोगहरु, जन्मजात अपाङ्गता, प्यारालाइसिस, बंशानुगत परिवर्तन, एलर्जी, कलेजो खराबी, मानसिक असुन्तलन आदि जस्ता मानव शरिरमा प्रतिकुल प्रभाव हामिले भोगी रहेका छौं ।

त्यस्तै वातावरणमा ओजन हतमा छिद्र ग्लोबल वार्मिन, जैबिक बिबिधतामा ह्रास, माटो प्रदूषण, जलबायु प्रदुषण खाद्यान्न, तरकारी, फलफुल मासु तथा दूध पदार्थमा बिषादी अवषेश, सत्रु जिवमा बीस पचाउने क्षमतामा वृद्धि जस्ता असर प्रत्यक्ष अप्रत्यक्ष भैरहेको छ । बिषादी प्रयोगको कारण करिब ८० प्रतिशत बिषादि माटोमा टुङिन्छ जस्ले गर्दा  उत्पादनमा समेत असर परेको छ ।

अबको विकल्प आइ.पि एम.

रसायनिक पदार्थको प्रयोग न्यून गर्दै र मित्रु जिबको संरक्षण गरि वातावरणीय संरक्षण र सुन्तलन कायम राखी शत्रुजीव व्यवस्थापनका धेरै बिधिहरु एकैसाथ अपनाउदै बालिमा लाग्ने रोग तथा किराहरुको नियन्त्रण गर्नुलाई एकीकृत सत्रुजिब व्यवस्थापन अर्थात आइ.पि.एम भनिन्छ।

खेती गर्ने तरिकाः खेती गर्दा जमिन राम्रो सँग खनजोत गर्ने बाली चक्र अपनाउने, खेतबारि सरसफाइ गर्ने, रोग किराका अवषेश नष्ट गर्ने, स्वस्थ बीउ प्रयोग गर्ने, सन्तुलित मन प्रयोग गर्ने, पाकेको गोबर, कम्पोस्ट मलको प्रयोग, रोप्ने समयको हेरफेर, मिश्रित खेती गने गर्नु पर्दछ ।

भौतिक तरिकाः केही किरा हरु जस्तै बन्दाको पुतलीको फुल र लार्भा, झुसिल किराको लार्भा खपटे, फेदबाट काट्ने लार्भा, रातो खपटे, बुट्टे खपटे आदि किराहरुलाई हातले टिप्ने, रोगलागेका भाग र बिरुवा नष्ट गर्ने, खेत बारीरिको चौरतिर खाल्डो खन्ने र घिर्सेर डिड्ने किराहरुको आवत जावतमा बाधा पनि पुर्याउन सकिन्छ ।

यान्त्रिक तरिकाः विभिन्न यन्त्र ओजार या मेसिनहरुको प्रगोग गरि सत्रुजिबको व्यवस्थापन गर्ने बिधी हो ।

मोहिनी पासो: मोहिनी पासो भन्नले पोथी किराको जस्तै गन्ध भएको कृतिम रसायन हो । जसका कारण भाले किराहरु लाई आक्रसित गरि पासोमा पारी मार्ने गरिन्छ । यी मोहिनी पासोहरु किरा अनुसार फरक-फरक नामले बजारमा पाइन्छ । जस्तै लहरे बालीका लागि क्यु ल्युर, टमाटरको लागि टुटा ल्युर प्रयोग गर्न सकिन्छ ।

पहेलो चिप्किने पासो: सामन्यतया किराहरुको नियन्त्रणको लागि तयार पारियको पहेलो रङको चिप्कने पदार्थ भएको बस्तु नै चिप्कने पासो हो। यसमा पनि पोथि किराको गन्धाले भाले किराहरु आउने गर्दछन र किराहरु चिप्कियर मर्ने गर्दछन ।

प्रकाश पासो: केही किराहरु प्रकाश सङ निकै नै आकर्षक हुने गर्दछन । त्यस्ता किराहरुको लागि रातीको समयमा बारिमा प्रकाश पासो (बत्ती बालेर बत्ती मुनि पानी वा बिषादिको घोल राख्ने) राख्दा बत्तिमा आकर्षक हुने किरा नियन्त्रण गर्न सकिन्छ ।

जैबिक तथा वनस्पतिक विधिः सिकारी र परिजिबीको प्रयोग जस्तै माकुरा गाइने किरा आँखा फोरुवा वा वनस्पति जन्य निम, बोजो, तितेपाती सिस्नो, असुरो, बकैना प्रगोग तथा सुक्ष्म जिवानुको प्रयोग, व्याक्टेरिया, भाइरस ढुसी (टाइकोड्रमा) गरि सत्रुजिबको नियन्त्रण गर्न सकिन्छ ।

कानुनी तरिकाः रोग किराको संक्रमण हुन नदिन ऎन नीति आदेश निदेशिका आदिको कार्यनयन गरि रोग किरा संक्रमण भयका बाली जन्री बस्तुको (बीउ,बिरुवा,माटो) ओसारपसारमा कडाइ गरि सत्रुजिबको भित्रीन नदिनु नै कानुनी तरिका हो ।आन्तरिक क्वारेन्टाइन र बाह्य क्वारेन्टाइनमा त्यस्ता रोग लागेका बस्तु ओसारपसार नगरेमा पनि व्यवस्थापन हुन्छ ।

रासायनिक तरिकाः सबै तरिका अपनाइसके पछि अन्तिम विकल्पका रुपमा विकेकपुर्ण रासायनिक बिषादिको प्रयोग गर्नु पर्दछ ।  मानिस पशुपन्छी र वातावरणलाई कम हानी गर्ने लामो समयसम्म असर नरहने कम हानिकारक बिषादी सुरक्षीत रुपमा कृषि प्राबिधिकहरुको सल्लाह बमोजिम साही बिषादी सहि तरिकाले उचित मात्रामा प्रयोग गर्नु पर्दछ ।

नियमित रासायनिक विषादीको प्रयोगको कारणले रोग र किराहरूको विषादी पचाउन सक्ने क्षमतामा वृद्धि हुनुको साथै आर्थिक रूपमा पनि महंगो बन्दै जान्छ। यसरी सत्रुजीवहरुको ब्यबस्थापनको लागि अति नै प्रभावितकारी मानिने एकीकृत शत्रुजीव ब्यबस्थापन बिधीको सक्दो प्रयोग गर्न जरुरी छ । रासायनिक बिषादीको प्रयोगको कमिले आफ्नो स्वास्थ, वातावरण, स्वास्थ बाली, उत्पादन, लागत खर्च कम तथा सुखी तथा सुरक्षित परिवार बन्न टेवा पुग्ने छ ।

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार