हुलाक कार्यालय सल्यानले बागचौर र कालिमाटी रामपुरबाट सेवा सुरु गर्यो



चैत ५, सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले बागचौर र कालिमाटीको रामपुरबाट पनि आफ्नो साधारण खालको सेवा दिन सुरु गरेको छ । सबैलाई सहज हुनेभन्दै कार्यालयले आज बुधबारदेखि सामान्य खालको सेवा दिन सुरु गरेको हो ।

जसमा साधारण चिठीपत्र पठाउ, खुद्रा पैसा साट्न, टिकट बिक्री र निशुल्क पानी पिउने व्यवस्था गरिएको जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले बताए । उनका अनुसार बागचौरको सहिद गेटमा र रामपुरको बजारमा यो सेवा सुरु गरिएको हो ।

जहाँ एक/एक जना कर्मचारी सहित चिठीपत्र राखिने सानो पेटीका र खानेपानी राख्ने फिल्टर राखिने छ । सेवा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुने उनले बताए । बागचौरको सहिद गेटमा सुरु गरिएको सेवा बागचौर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले गरेका हुन् ।

यसअघि हुलाक कार्यालय सल्यानले खलंगा पुरानो बसपार्क र श्रीनगरको रुकुम र खलंगाको चोकबाट पनि सेवा सुरु गरेको थियोे । उक्त सेवा अहिले नियमित छ ।

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार