चैत्र ७, दाङ । दाङ घोराहीका एक किशोरमा कोरोना भाइरसको आशंका गरिएको छ । शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेका घोराही निवासी १७ बर्षीय ती किशोरमा कोरानाको उच्च आशंका गरिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।
हालै भारतवाट आएका ती किशाेर निजी हस्पिटलमा उपचार संभव नभएपछि प्रतिष्ठानमा रेफर गरिएका विरामी भएको पनि प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । ती किशोरलाई विगत १८ दिनदेखि ज्वरो आइरहेको भएपनि उनी हालसालै मात्रै भारतवाट घोराहीस्थित घरमा आएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।
एक चिकित्कसले ती किशोरमा कोरोनाको आशंका गर्न मिल्ने उच्च ज्वरो, कफ, डाइरिया लगाएका समस्या रहेको जानकारी दिएका छन् । उनलाई प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जानकारी दिइएको छ ।