चैत,९ दाङ। तुलसीपुसीपुर स्थित व्ही फाईव फेसेस्ले कोरोना रोगको बारेमा सचेतना प्रदान गर्न थालेको छ । उक्त संस्थाले तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा कोरोना रोगको लक्षण, बच्ने उपाय, ध्यान दिनुपर्ने कुराहरु समेटेर तयार पारेको व्यानर राख्न थालेको अध्यक्ष सुजन वलीले बताए ।
सबै वडा कार्यालयसंग समन्वय गरेर उक्त व्यानरहरु टास्ने गरिएको छ । तीन दिने अभियान अन्तर्गत उक्त कार्यक्रम गर्न लागिएको कोषाध्यक्ष ललित पोखरेलले बताए । बिभिन्न सामाजिक काम गर्दै आएको उक्त संस्थाले सबैमा कोरोना सचेतना दिन थालेको हो ।
उक्त संस्थाका सबै सदस्यहरुको सक्रियतामा वडा–वडामा यस्तो कार्यक्रम थालिएको हो । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना संक्रमण रोक्नकालागि यस्तो अभियान थालिएको हो । यो अभियानलाई निरन्तरता दिने समेत उनीहरुको भनाई छ ।