पश्चिम दाङमा रुखले च्यापेर एक जनाको ज्यान गयो


९ चैत, दाङ । पश्चिम दाङमा रूखले च्यापेर एक जनाकाे मृत्यु भएकाे छ ।
आज आइतबार बर्षासंगै आएकाे हावाहुरीबाट रूख ढलेर च्याप्दा घरमा बसिरहेको अवस्थामा बबई गाउँपालिका वडा न. १ गंगटे निवासी दल बहादुर दमाईकाे मृत्यु भएकाे र उनकी श्रीमती घाइते भएकाे वडा अध्यक्ष खडक बहादुर कवरले जानकारी दिनुभयाे ।

दल बहादुरकाे श्रीमतीलाई घाईते अवस्थामा उद्धार गरिएकाे बताइएकाे छ ।

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार