आबुखैरेनिमा बस दुर्घटना ३ जनाको मृत्यु


९ चैत । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। उनका अनुसार उद्धार गरिएका १० जनामध्ये ३ जनालाई चितवनको भरतपुर अस्पताल र ७ जनाको छिम्केस्वरी अस्पताल तनहुँमै उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार