बस र मोटरसाइकल ठोकिदा रोल्पा गंगादेव गाउँपालिकाका २ कर्मचारीको मृत्यु



चैत्र १०, दाङ । दाङमा बस र मोटरसाइकल ठोकिदा रोल्पा गंगादेव गाउँपालिकाका दुई कर्मचारीको मृत्यु भएको छ ।

दाङको गढ्वा गाउपालिका वडा नं. १ कालाकाटेमा काठमाडौंबाट दाङ आउँदै गरेको बा ६ ख ३९६७ नम्बरको बस र लमहीबाट पूर्व तर्फ जाँदै गरेको रा १ ब ८१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा गंगादेव गाउँपालिकाका
निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुन र कम्प्युटर अपरेटर रमेश ओलीको मृत्युु भएको हो ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार सो बसमा सवार केहि यात्रुहरु समेत घाइते भएका छन् । घाइते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ५ का २५ बर्षीय अजय कवर, दङिशरण गाउँपालिका २ का २४ बर्षीय सन्ध्या ओली र बर्दिया बासगढी नगरपालिका ६ का १८ बर्षीय कृष्ण चौधरी रहेका छन ।

घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ । मोटरसाइकलसँग ठिकिन पुग्दा बस सडक देखि केहि तल खसेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार