चैत्र १०, सल्यान । सल्यान उद्योग बाणिज्य संघले आज चैत १० गतेदेखि चैत २१ गतेसम्मलाई सल्यानका प्रमुख बजार क्षेत्रका सम्पुर्ण व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको उद्योग बाणिज्य संघको बैठकले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन अत्यावश्यक बाहेकका सबै व्यापार, व्यवसाय, बजार, कलकारखाना, उद्योग बन्द गर्ने निर्णय गरेको हो ।
संघले एक विज्ञप्ति जारी गर्दै बजारमा दैनिक उपभोग्य बस्त्हरु मास्क, सेनेटाईजर, औषधि, खाद्यन्न, ग्यास, पेट्रोलियम पदार्थको ब्यबस्थापन र बिक्री बितरण संगै ढुवानी कार्यलाई प्रभाबकारी बनाउन सबै लाई आग्रह गरेको छ । खाद्य बस्तु लगायतका दैनिक उपभोग्य सामाग्रीका ब्यापारी दैनिक ४ बजे देखी ७ बजे सम्म ब्यापार खुल्ला गरिदिन आग्रह गरेको छ ।
संघले आवश्यक परेको खण्डमा सल्यान उद्योग बाणिज्य संघले सभाहल लाई आईसुलेसनको लागी दिने निर्णय गरेको छ । त्यसै गरी सल्यानमा संचालित यातायात ब्यबसायीले पनि यात्रुलाई मर्का नपार्ने गरी लामो तथा छोटो दुरीका सार्बजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ ।
यसैबीच होटल व्यवसायी संघ सल्यानले अतिआबश्यकको रुपमा होटल भएपनि भिडभाड हुनेगरी होटलहरु संचालन नगर्ने निर्णय गरेको छ । संघका जिल्ला अध्यक्ष धुव्रराज भण्डारीको अध्यक्षता सोमबार बसेको बैठकले सल्यान जिल्लाका सम्पुर्ण होटल, गेष्टहावस, रेष्टुरेन्ट, चिया पसलहरु चैत्र २१ गतेसम्म भीडभाड नहुनेगरी संचालन गर्ने गराउने निर्णय गरेको हो ।
यता होटेल ब्यबसायी तथा सल्यान उद्योग बाणिज्य संघका सचिब पबन डाँगीले आइसुलेसनको लागी होटेल प्याराडाईजको भबन उपलब्ध गराउने जनाएका छन ।